राज्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि

Corona
Corona
June 04, 6:06

जनकपुरधाम, २२ जेठ - प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना संक्रमण पाइएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उनमा संक्रमण पुष्टि भएको जानकारी दिए । आफ्नो स्वकीय सचिवमा कोरोनासम्बन्धी कुनै लक्षण नदेखिए पनि रिपोर्ट पोजेटिभ आएको राज्यमन्त्री यादवले बताइन् । उनलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।

प्रदेश २ को प्रदेश सभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गरी जाँच गरिएको थियो । रिपोर्ट आएकामध्ये ५ जना मर्यादापालक (प्रहरी) र मन्त्रीका स्वकीय सचिवसहित ६ जनाको पोजेटिभ देखिएको छ ।

मर्यादापालकमा संक्रमण पुष्टि भएपछि बिहीबार ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ । बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको र शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा