स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

Medical materials
Medical materials
June 09, 9:17

कर्ण चन्द,
जेठ २७, डोटी 
आइपास नेपालले सुदूरपश्चिम प्रदेशका बिभिन्न चार जिल्लाका स्वास्थ्य सँस्थाहरुमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाममा प्रयोग हुने सुरक्षा सामाग्री प्रदान गरेको छ । अछाम, बाजुरा, डोटी र डडेलधुरा जिल्लाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रीका साथै औषधी प्रदान गरिएको हो । 
आईपास नेपालले डोटी जिल्लामा पिपिई २ सेट, पुःह प्रयोग गर्न मिल्ने गावन ९०, सेनिटाईजर ३१४, सर्जिकल मास्क  ३ हजार ६ सय ३८, ३ सय ८०, के नाईन्टी फाईभ मास्क ७२, गगल्स ३६, ग्लब्स ३ हजार ९ सय ९० लगाएत औषधीहरु सहयोग गरिएको हो । 
डोटी जिल्लामा आईपास नेपालको आर्थिक सहयोगमा सामुदायिक बिकास मञ्च डोटीसंगको सहकार्यमा डोटी जिल्ला अस्पताल सहित १९  स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तारण गरिएको सुरक्षित गर्भपतन सेवा कार्यक्रमका संयोजक दिपा सिंहले जानकारी दिनु भएको छ ।
डोटी जिल्लाका लडागडा, पोखरी, सानागाउँ, मौव्वा नगरदह, डौड, भूमिराजमाण्डौं, दुर्गामाण्डौँ तिखात्तर स्वास्थ्य चौकी  सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र, गड्सेरा, छतीवन, बर्छैन, लानाकेदार, कपल्लेकी, मुडभरा र दानकोट स्वास्थ्य चौकीका लागी सामाग्री प्रदान गरिएको संयोजक सिंहले बताउनु भएको छ । 
सुदूरपश्चिम प्रदेशका अछाम, बजुरा, डोटी र डडेलधुरा का बिभिन्न स्वास्थ्य संस्था तथा अस्पताल, प्रादेशिक अस्पताल, महाकाली अस्पताल गरि ६१ वटा स्वास्थ्य संस्था, अस्पताल र प्रदेश स्वास्थ्य  आपूर्ति ब्यवस्थापन केन्द्र लाई विभिन्न किसिमका सुरक्षा सामग्री हस्तान्तरण गरिएका छन् । 
कोरोनाका बिरुद्धमा स्थानीय स्तरमा ब्यबस्थापनमा खटिएका स्थानीय तहलाई गैर सरकारी क्षेत्रको सहयोग  हुन थालेको छ । स्वास्थ्य सामाग्री जस्तो महत्वपुर्ण सामाग्री गैर सरकारी संस्थाको सहयोग हुँदा स्थानीय  तहलाई ठुलो सहयोग भएको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताउनु भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा