डोटीका पहिलो कोरोना सङ्क्रमित युवालाई परीक्षणनै नगरी १५ औँ दिनमा घर पठाइयो

Discharge doti
Discharge doti
June 11, 3:52

डोटी, जेठ २९ – डोटीका पहिलो संक्रमित युवकलाई थप परीक्षण नगरी १५ औँ दिनमा घर पठाईएको छ । शिखर नगरपालिका–३ का २५ वर्षिय युवामा जेठ १९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।त्यसअघि उनका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आईसोलेसनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पीसीआर परीक्षण गरिएको थियो । जसमा छोरा र श्रीमतीको नतिजा नेगेटिभ देखिदा उनमा संक्रमण पुष्टि भएको थियो । छोरा र श्रीमतीमा दोस्रो पटक पनि परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरुलाई यसअघि नै अस्पतालले डिस्चार्ज गरिसकेको थियो ।

विहिवार उनमा पनि संक्रमणको पुष्टिपछि कुनै लक्षण नदेखिएकोले ‘आईसोलेसन व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका’ को वुँदा नम्बर २.३ (क) अनुसार डिस्चार्ज गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।‘१५ दिनअगाडीको थ्रोट स्वाब संकलनमा नतिजा पोजेटिभ देखिएपनि त्यसयता कुनै लक्षण देखिएन,’ अस्पतालका कोभिड–१९ फोकल पर्शन उत्तम उपाध्यायले भने, ‘त्यसपछि उनको कुनै लक्षण नदेखिएपछि निर्देशिकाको व्यवस्थाबमोजिम डिस्चार्ज गरेका छौ ।’ त्यसपछि उनको थप पीसीआर परिक्षण भने नभएको उनले बताए । ‘थप पीसीआर परीक्षण भएको छैन् । एकहप्ता होम आईसोलेसनमा बस्न भनेका छौ,’ उनले भने ।डोटीमा थप पाँचजना अन्य संक्रमित छन् । जममध्ये पूर्वीचौकी गाउँपालिका–७ का २५ र २३ वर्षिय संक्रमित जिल्ला अस्पतालको आईसोलेसनमा रहदा सोही गाउँपालिका अन्य तीनजना गाउँकै क्वारेन्टीनमा आईसोलेट गरिएको छ । चारजना डोटीका संक्रमित कैलालीको आईसोलेसनमा छन् ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा