चुमेर उपचार गर्ने ‘किस’ बाबाः कोरोना लागेर आफू मरे, भक्तजनलाई पनि सारे

Kiss Baba
Kiss Baba
June 12, 1:37

जेठ ३० - 
भारतको मध्य प्रदेशमा झारफुक गर्ने एक बाबाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। रतलाम जिल्लामा हात चुमेर उपचार गर्दै आएका ती बाबा आफू कोरोनाबाट मरे भने अन्य २३ जनालाई पनि सारेर गए। उनसँग उपचार गर्ने धेरै अनुयायी अझै सम्पर्कमा आएका छैनन्। धेरै मान्छेसँग सम्पर्कमा रहने बाबामा नै कोरोना देखिएपछि जिल्लामा चिन्ता बढेको छ। प्रशासनले सतर्कता बढाएको छ।

असलम बाबाका रुपमा रतलाममा मात्रै होइन आसपासका क्षेत्रमा पनि प्रख्यात उनसँग उपचार गराउन यसक्षेत्रका बासिन्दा आउँथे। बाबाले हात चुमेर खतरनाक रोग पनि निको पार्ने दावी गर्थे।

रतलामको नयाँपुरा इलाकामा १५ वर्षदेखि बसिरहेका असलम झारफुकमा चर्चित छन्। धेरै मानिस उपचारबाट निको पनि भएका छन्। यही विश्वासका कारण विरामीहरु उपचार गर्न आउँथे।

कोरोना महामारीका बीच उनले यो रोग पनि हात चुमेरै ठिक गर्ने दावी गरेका थिए। यो रोगको उपचार हुने भएपछि मानिसहरु आउने क्रम बढेको थियो। तर, आफैलाई यो रोगले लगेको पत्तो पाएनन्।

स्थानीयका अनुसार उनी आफ्ना भक्तजनको उपचार हात चुमेर गर्थे। जसका कारण उनलाई ‘किस बाबा’का नामले पनि चिनिन्छ। उनले आफूसँग सबै रोगको उपचार रहेको बताउँथे। कोरोना महामारीमा पनि मानिसहरु उपचारका लागि पुग्थे। यद्यपि बाबा आफै कसरी कोरोना संक्रमित भए भन्ने खुलेको छैन। विरामी भएपछि अस्पताल भर्ना गराउँदा कोरोना पोजेटिभ देखियो। त्यहीँ मृत्यु भयो।

मृत्युपछि स्वास्थ्य विभागले बाबाको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको छ। अहिलेसम्म बाबासँग जोडिएका २३ जना भक्तमा संक्रमण देखिएको छ। ७ जना उनका परिवारका सदस्य छन्। अन्य डरका कारण खुलेका छैनन्।

असलम बाबासँग दैनिक दर्जनौ मानिस उपचार गर्न आउँथे। बाबा बस्ने नयाँपुरा इलाकामा कोरोना संक्रमित धेरै छन्। उनीहरु पनि बाबाको सम्पर्कमा आएका थिए। प्रशासनले बाबालाई भक्तबाट कोरोना संक्रमण भएको हो वा बाबाले भक्तलाई सारेको भन्नेतिर अनुसन्धान अगाडि बढाएको छ।

नयाँपुरामा असलम बाबाको कोरोनाबाट मृत्यु भएपछि प्रशासनले जिल्लाका विभिन्न ठाउँबाट २९ जना बाबालाई नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाएको छ। यी बाबाहरु पनि झारफुककै काम गर्दै आएका छन्। क्वारेन्टाइनमा उनीहरुको कोरोना परीक्षण हुनेछ।

जिल्ला प्रशासन कार्यालयले बाबाहरुबाट संक्रमण फैलिने खतरा उच्च रहेको भन्दै सतर्क हुन आम नागरिकलाई अपिलसमेत गरेको छ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा