धनगढीको क्याम्पस चोकमा फिल्टरसहित चिसो पानीको ट्यांकी जडान 

Mayor Final
Mayor Final
June 17, 1:05

धनगढी, असार ३  – 
धनगढी उप–महानगरपालिका ८ क्याम्पस चौकमा सर्वसाधारणका लागि फिल्टर सहितको चिसो पानीको ट्यांकी जडान गरिएको छ ।
धनगढी उप–महानगरपालिका, बिजया सिमेन्ट र केहि स्थानीयको सहयोगमा फिल्टर सहित चिसो पानीको ट्यांकीको ब्यबस्था गरिएको हो । बुधवार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उक्त ट्यांकीलाई संचालनमा ल्याएका हुन । ट्यांकीबाट तीवटा धाराहरु तयार गरिएका छन् जसमध्य २ वडा टुटीबाट चिसो र १ वडा टुटीबाट सामान्य पानी सर्वसाधारणले पिउन सक्ने ब्यबस्था गरिएको छ । यस ट्यांकी र फिल्टरको सुरक्षा स्थानीयबाट हुनुपर्छ नगरप्रमुख वडले भने, कति दिगो बनाउने भन्ने जिम्मा पनि स्थानीयको नै हो । धनगढीका मनकारीहरुले कोरोनाको अवस्थामा पनि ठूलो सहयोग गरिरहेको नगरप्रमुख वडले बताए । उनले भने, अहिले अवस्था झन जटिल बन्दै गैरहेको छ त्यसैले अतिआवश्यकीय काम बाहेक घरबाट बाहिर ननिस्कन नगरवासीमा अनुरोध गर्दछु ।
पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता नारदमुनी रानाले धनगढी उप–महानगरपालिकाले नगरवासी संग समन्वय गरेर थुप्रै उदारणिय काम गरेको बताए । वडा नं ८ का अध्यक्ष नारायण प्रसाद बरालले बिजया सिमेन्टका प्रतिनिधी राम अवतार जोशी, स्थानीय समाजसेवी जयबहादुर कार्की, लोकेन्द्र मल्ल,मोहन ओझाहरुको सहयोग तथा वडाको समन्वयमा फिल्टर सहितको सफा पानी पिउने ब्यबस्था भएको बताए । कार्यक्रम शिवनगर खानेपानी उपभोक्ता समितिका सचिव मोहन ओझाले संचालन गरेका थिए । उनले यस ट्यांकीबाट उपलब्ध गराउने पानीमा शिवनगर खानेपानी उपभोक्ता समितिले ५० प्रतिशत छुट गराउने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा