संक्रमितको उपचारमा खटिएका डा. शर्माद्धारा पीसीआर मेसिन खरीदका लागि एक महिनाको पारिश्रमिक सहयोग

Dr Nirajan
Dr Nirajan
June 19, 6:50

धनगढी, असार ५  - सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितहरुको उपचारका लागि अग्रमोर्चामा खटिएका कन्सलट्याण्ट फिजिसियन डा. निराजनदत्त शर्मा पौड्यालले आफ्नो एक महिनाको पारिश्रमिक ४३ हजार ५ सय ८० रुपैया डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग स्वरुप प्रदान गरेका छन् ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि जारी सहयोग संकलन अभियानमा डा. शर्माले सहयोग गरेका हुन् ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापना भएमा सुदूरपश्चिमका ७ वटा जिल्लाका बासिन्दालाई अत्यन्त सहज हुने भएकोले पीसीआर मेसिन स्थापनाका लागि सहयोग गरेको डा. शर्माले बताए ।

ह्युमानिटी फाउण्डेस नेपाल, सुदूर पश्चिम समाज अमेरिका लगायत विश्वका बिभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूर पश्चिम समाजका तर्फबाट डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि थालिएको सहयोग संकलन अभियानमा बिभिन्न संघसंस्था र  मनकारी व्यक्तिहरुले सहयोग गरिरहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा