मन्त्रीको प्रतिबद्धता कार्यान्वयन नहुँदा सुदूरपश्चिममा फेरी ५ हजार नमुना थन्किए

Lekhraj Bhatta
Lekhraj Bhatta
June 20, 9:43

धनगढी, असार ६ – कोरोना परीक्षणका लागि सुदूरपश्चिमका विभिन्न जिल्लामा सङ्कलन गरिएका नमुनाहरू थन्किने क्रम बढ्दै गएको छ । यसअघि का दिनहरूमा दुई हजारको हाराहारीमा नमुनाहरू परीक्षण  गर्न बाँकी रहने गरेको थियो । तर अझै  चार हजार सात सय बढीको थ्रोट स्वाबको नमुना परीक्षण गर्न बाँकी रहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश भरी सङ्कलन गरिएका चार हजार सात सय ५९ जनाको नमुना परीक्षण को क्रममा प्रयोगशालाका डी-फ्रिजमा थन्किएका  छन् । सङ्कलन गरिएका थ्रोट स्वाबको नमुना परीक्षणका लागि धनगढी प्रयोगशाला र काठमाडौँ प्रयोगशाला पठाइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

धनगढी प्रयोगशालामा नमुनाहरू बढी थन्किन थालेपछि काठमाण्डौं पठाउन थालिएको छ । शुक्रवार मात्रै दुई हजार नमुना काठमाण्डौं पटाइएकोमा त्यहाँ मात्रै १५६ जनामा कोरोना पुष्टि भएको थियो । तीन हजार ४७ जनाको नमुना धनगढी प्रयोगशालाले परीक्षण गर्न बाँकी छ भने एक हजार सात सय १२ जनाको काठमाडौँ प्रयोगशाला मार्फत परीक्षण गर्न बाँकी छ । । 

अहिलेसम्म सुदूरपश्चिमका १५ हजार चार जनाको कोरोना परीक्षण भएको छ । सात हजार चार सय ७९ जनाको धनगढी प्रयोगशाला मार्फत र बाँकी दुई हजार ६ सय ७० जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा ८६ हजार पाँच सय १६ जनाको आरडिटी परीक्षण गरिएको छ भने आरडिटी परीक्षणमा ६ हजार दुई सय १४ जनामा एन्टिबडी देखाएको छ । 
यस अघि गत शुक्रवारसम्म सुदूरपश्चिममा तीन वटा पीसीआर मेसिन पठाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेख राज भट्टले दाबी गर्नु भएको थियो ।  तर त्यो प्रतिबद्धता कार्यान्वयनमा आउन भने अझै एक साता भन्दा बढी लाग्ने देखिएको छ । 
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले केन्द्रबाट आउने पीसीआर मेसिनका विषयमा आफू अनविज्ञ रहेको भन्दै प्रदेशको पहलमा आउन लागेका तीन वटा पीसीआर मेसिन असार १५ गतेसम्म आइपुग्ने जानकारी दिएको छ । निर्देशक गुणराज अवस्थिले भने, ‘केन्द्रको विषयमा मलाई जानकारी भएन । प्रदेशको पहलमा आउन लागेका तीन वटा मेसिन असार १५ गतेसम्म यहाँ आइपुग्ने छन् ।’
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा