आज डोटीका ६१ सहित सुदूरपश्चिमका ९४ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित पुगे ८ सय ७९

Corona
Corona
June 20, 5:20

धनगढी, असार ६ – सुदूरपश्चिममा शनिवार थप ९४ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
यस्तै शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८ सय ७९ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय पाँच, डडेल्धुरामा एक सय ४४, बैतडीमा एक सय ३८, डोटीमा एक सय २२, कञ्चनपुरमा ९६, अछामका ७४, बाजुराका ७०, बझाङमा १९ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय २४ जना निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा