२१ जना कोरोना सङ्क्रमित क्वारेन्टाइनबाट फरार, खोजीका लागि प्रहरी परिचालन 

Farar
Farar
June 26, 4:23

दैलेख, असार १२ – नौमुले गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका कोरोना सङ्क्रमितहरू भागेपछि उनीहरूलाई फर्काउन प्रहरी परिचालन गरिएको छ । सङ्क्रमितहरू बिहीबार राति भागेर गाउँतिर गएपछि शुक्रवार प्रहरी परिचालन गरिएको  हो  । उक्त क्वारेन्टाइनबाट २१ जना संक्रमित भागेका छन् ।

१२ दिन नाघिसक्दा पनि थप परीक्षण नभएको भन्दै सङ्क्रमितहरू क्वारेन्टाइनबाट भागेको स्थानीय नैना राना मगरले बताइन् । भैरव माध्यमिक विद्यालय नौमुले बजारमा रहेको क्वारेन्टाइनमा २ जना महिलासहित ९२ जना कोरोना सङ्क्रमित बस्दै आएका थिए ।

‘भागेकाहरुमध्ये केहीलाई बिहीबार राति नै ल्याएको प्रहरीको भनाइ छ भने गाउँ पुगेका बाँकीलाई लिन नौमुलेबाट थप प्रहरी टोली परिचालन गरेको नौमुले प्रहरी चौकीले बतायो । सङ्क्रमित भागेको खबर सुन्ने बित्तिकै जिल्लाबाट थप प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख हरिबहादुर ओलीले बताए । गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले सबै सङ्क्रमितको खोजी कार्य जारी रहेको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा