कैलाली प्रहरीले विप्लव समूहका नगर इन्चार्ज सहित ६ जनालाई नियन्त्रणमा लियो 

Biplab Pakrau
Biplab Pakrau
June 28, 11:07

धनगढी असार १४ – धनगढीबाट विप्लव समूहका नगर इन्चार्ज सहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर इन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह सहित डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह रहेका छन् । उनीहरूलाई शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा पक्राउ गरिएको प्रहरीले जनाएको छ भने केहीलाई पुराना मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो । 
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा