आज असार १५ अर्थात धान दिवस: सुदूरपश्चिममा औपचारिक कार्यक्रम नहुने, ५० प्रतिशत रोपाई सम्पन्न

Marsi_ropai__photo__Jumla__netra_shahi
Marsi_ropai__photo__Jumla__netra_shahi
June 29, 10:00

धनगढी, असार १५ – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ ।

निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ । यस वर्ष कोरोना महामारीका कारण सुदूरपश्चिम प्रदेशमा सहित देशभर कुनै औपचारिक कार्यक्रमको आयोजना भने नहुने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोरोना कहरका कारण यस बर्ष औपचारिक कार्यक्रम नगर्ने हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । सुदूरपश्चिममा आज सम्म ५० प्रतिशत रोपाई सम्पन्न भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा