सेती नदी किनारमा घाटीमा डोरीले बाँधेको शिशुको शव फेला

शव
शव
June 29, 9:57


मनमाेहन पनेरू
डोटी, असार १५ -                              
डोटीको दिपायल सिलगढी नगरपालिका ३ स्थित जिल्ला  आयुर्वेदिक अस्पताल नजिक रहेको सेती नदीको किनारमा बेवारिसे शिशुको शव फेला परेको  छ । शव इलाका प्रहरीका  अनुसार जन्मेको २२ देखि २५ घण्टा सम्मको रहेको इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज रमेश बहादुर शाहीले बताए ।
शाहीका अनुसार शिशु कसको हो भन्ने पहिचान खुलेको छैन । बिहानको समयमा सेती नदीमा धमिलो पानी र नदीको पानी पनि बढी रहेको थियो  त्यही अवस्थामा नदीमा बगाएको अनुमान गरेको छ । 
शवको घाटीमा डोरी लगाएको हुनाले मारेको र मारी सके पछि नदीमा बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 
यस वारे थप अनुसन्धान भइरहेको र थाह पाएमा हदै सम्मको कारबाही हुने उनले बताएका छन् । शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा