धनगढी उपमहानगरपालिकाद्वारा सुदूरपश्चिम स्पोर्टस अवार्डलाई बजेट

Port Award
Port Award
July 01, 6:29

धनगढी, असार १७ – नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि धनगढी उपमहानगरपालिकाले बजेट विनियोजन गरेको छ । धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०७७/७८ का लागि स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेको हो । धनगढीकी उपमेयर सुशिला मिश्र भट्टले पाँचौं नगर सभा मार्फत आर्थिक वर्षको बजेटमा स्पोर्ट्स अवार्डलाई बजेटको व्यवस्था मिलाईएको जानकारी दिईन् ।

‘उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्न आवश्यक बजेट व्यवस्था मिलाईएको छ,’ उपमेयर भट्टले भनिन्–‘यसपाली कोरोनामा अधिकांश कार्यक्रमहरु केन्द्रित भएकोले कम बजेट नै विनियोजन भएको छ ।’

नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । स्पोर्ट्स अवार्डका लागि एक लाख पचास हजार रुपैयाँ छुट्ट्याइएको छ ।

उपमहानगरपालिकाले स्पोर्ट्स अवार्डकै लागि बजेटमा समावेश गरेर विनियोजनको व्यवस्था मिलाइएको सुदूरपश्चिममा यो सम्भवतः पहिलो हो । यसै प्रदेश सरकारले गत मंसीरमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने तयारी गरेको छ । गत वर्ष ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर वर्ष खेलाडी घोषित भएका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा