तीन प्रदेशमा बजारीकरण गर्ने गरी कैलालीमा ३० करोड लागतको सैपाल ग्यास उद्योग सञ्चालन

Saipal
Saipal
July 02, 5:56

धनगढी, असार १८ – कोरोना भाइरस (कोभिड १९) को कहरका कारण उद्योगब्यवसाय प्रभावित भइरहेको बेला सुदूरपश्चिममा भने ३० करोडको लगानीमा नयाँ ग्याँस कम्पनी सञ्चालनमा ल्याइएको छ । 
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा प्लान्ट स्थापना गरी सैपाल ग्याँस प्रालिले बिहीबारदेखि सैपाल एलपी ग्याँस सिलिण्डर बजारमा ल्याएको हो । यो ग्याँस प्रालिले नेपाल आयल निगमबाट तीन महिनाअघि सञ्चालन अनुमति पाएको थियो । 
आजबाट कैलाली र कञ्चनपुरका ४० वटा डिलर मार्फत ग्यास बजारमा पठाएको सैपाल ग्याँस प्रालिका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । करिव ३० करोड लगानीमा ४३ कट्टा जग्गामा कैलालीको गोदावरी नगरपालिका –१ मा उद्योग संचालन गरेको सैपाल ग्याँसले प्रत्येक दिन १० हजार सिलिण्डर उत्पादन गर्न सक्ने संचालक घिमिरेले जानकारी  दिए ।
नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका सैपाल ग्यासका सञ्चालक घिमिरेले सैपाल ग्यासको उत्पादन सुदूरपश्चिम संगै कर्णाली र प्रदेश नम्वर ५ का बजारमा पनि पठाईने बताए । उनका अनुसार उत्पादित ग्याँस सिलिण्डर सुदूरपश्चिम प्रदेशका नौ वटै तथा कर्णाली प्रदेशका १० वटै जिल्ला र प्रदेश ५ का दुई जिल्ला बाँके र बर्दियासम्म बजारीकरण गरिने छ । 
यो ग्याँस प्रालिमा ५० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । यसअघि कैलालीका पाँच जनाको स्वामित्वमा रहेको उक्त ग्यास प्रालिलाई एभरेष्ट ग्याँस गु्रप काठमाडौंले १८ करोडमा खरिद गरेको जनाइएको छ । 
सैपाल ग्यास खरिदपछि एभरेष्ट ग्यास गु्रपसँग ग्यास उद्योगको संख्या ७ पुगेको छ । पूर्वमा प्रिमा र कामाख्या, हेटौंडामा सहारा, काठमाडौंमा एभरेष्ट, धादिङमा सुगम, भैरहवा त्रिशूल ग्यास उद्योग रहेको एभरेष्ट ग्यास गु्रपका अध्यक्ष समेत रहेका घिमिरेले बताए । 
यो ग्यास प्रालिसँगै सुदूरपश्चिममा एलपी ग्यास उद्योगको संख्या दुई पुगेको छ । यसअघि गोदावरी नगरपालिकाको मालाखेतीमा रेडियन्ट एलपी ग्यासले प्लाण्ट स्थापना गरी बजारमा आइसकेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा