Dhangadhi Corona
ad

उद्देश्य पुरा गर्न सफल भयो ह्युमानिटी फाउन्डेसन नेपाल

PCR
July 04, 5:27

असार, २० – सुदूरपश्चिमको डडेल्धुरामा पिसिआर मेसिन स्थापना गर्न सफल अह्युमानिटी फाउन्डेसन नेपालले अहिलेलाई  आर्थिक सङ्कलन अभियान बन्द गरेको छ । 
शुक्रवार आयोजित कार्यक्रममा फाउन्डेसनका संस्थापक सदस्य एवम् पर्यटनकर्मी अमर बहादुर शाहीले सहयोगी मनहरूप्रति आभार प्रकट गर्दै आवश्यक रकम उठिसकेकोले आजबाटै पैसा सङ्कलन कार्य बन्द गरेको कुरा जानकारी गराए । 
भारतबाट घर फर्केका सुदूरपश्चिमेलीहरुको स्वाव परीक्षण गर्न कैलालीमा रहेको एउटा मात्रै पिसिआर मेसिनको भर पर्दा नतिजा थाहा पाउन निकै दिन कुर्नु पर्ने भएपछि डडेल्धुरामा पिसिआर मेसिन स्थापनार्थ तीन साताअघि ह्युमानिटी फाउन्डेसन नेपालले सुरु गरेको थियो अर्थ सङ्कलन अभियान ।  त्यसपछि ह्युमानिटी फाउन्डेसन नेपाल र विभिन्न देशमा रहेका सुदूरपश्चिम समाजको सहकार्यमा अर्थ सङ्कलन कार्य तीव्र गतिमा सञ्चालन हुन थाल्यो जसमा काठमाडौँबाट सहयोग सङ्कलनको जिम्मेवारी फाउन्डेसनका संस्थापक एवम् पर्यटनकर्मी शाहीले पाएका थिए । शाहीको संयोजकत्वमा चर्चित खेलाडी दीपक बिष्ट, क्रिकेट प्रशिक्षक जगत टमाटा, कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल र युवा व्यवसायी राजु अवस्थीले काठमाडौँमा सहयोग सङ्कलनको अगुवाइ गरेका थिए । संयोजक शाहीका अनुसार काठमाडौँबाट ८ लाख १३ हजार ६ सय ६५ रुपैयाँ सङ्कलन भएको छ । 
आफ्नो भूमिका लागि केही गरौँ भन्ने सोचका साथ मध्य तथा सुदूरपश्चिमको पर्यटन तथा संस्कृतिका क्षेत्रमा लामो समयदेखि अभियन्ताका रूपमा चिनिएका शाहीले मेसिन जडान भएसँगै सुदूरपश्चिमका ७ वटै पहाडी जिल्लालाई सहजता हुने विश्वास लिएका छन्  । नागरिकस्तरबाट सहयोग गरिएको ९६ लाखको लागतमा  डडेल्धुरामा उक्त प्रयोगशाला मेसिन स्थापना भएको हो । तीन हप्ताको छोटो अवधिमा पिसिआर मेसिन स्थापना गर्न सफल भएको कुरा पनि उनले जानकारी गराए । 
फाउन्डेसनले पीसीआर मेसिन डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई यसअघिनै हस्तान्तरण गरिसकेको छ डडेलधुरामा स्थापना भएको कोरोना परीक्षण ल्याबले एक दिनमा ३ सय ८४ जनाको परीक्षण गर्ने क्षमता राख्छ ।
डडेल्धुरा  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टका अनुसार फाउन्डेसनले हस्तान्तरण गरेको पिसीआर मेसिन जडान गरी कोरोना परीक्षण सुरु भइसकेको छ । 

Alternative text

सम्बन्धित वर्गका समाचारहरू

मुक्त कमैया एक जुट भएर अघि बढ्न जरुरी छ : संविधानसभा सदस्य हरि…
धनगढी - संविधान सभाका सदस्य तथा हलिया मुक्ति र कमैया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीले मुक्त… विस्तृतमा
कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः तीन विधाको मनोनयन…
धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको तीन विधाका मनोनयन सार्वजनिक गरिएको… विस्तृतमा
लिटल फ्लावर स्कुलको सरस्वती पूजा कार्यक्रम – तस्बिरमा हेर्नुहोस्…
धनगढी -  माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्री पञ्चमी’ पर्व मङ्गलवार विद्याकी अधिष्ठात्री देवी… विस्तृतमा
रेडियो कार्यक्रम प्रस्तोता अवार्ड डोटीका चक्र कुवरलाई
माघ १०, २०७७ रेडियाेकर्मि चक्र कुँवरले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन। लामाे समय देखि… विस्तृतमा