धनगढीको वडा नं १७ लाई आँपगाउँ बनाउने अभियान थालनी 

Mango
Mango
July 09, 4:12

धनगढी, २५ असार - 
धनगढी उप–महानगरपालिका वडा नं १७ लाई आँप गाउँको पहिचान दिनका लागि काम गर्न थालिएको छ । उप–महानगरपालिकाले एक गाउँ एक उत्पादन भन्ने नीति लिए अनुरुप वडा नं १७ धुर्झन्ना, पथरी, डमौलियाका प्रत्येक घरमा अनिवार्य रुपमा दुईवटा बिरुवा लगाउन थालेको हो । उप–महानगरपालिकाले २ वटा आँपका बिरुवा निःशुल्क उपलब्ध गराएको छ भने घर धनीले अनिवार्य रुपमा दुईवटा बिरुवा लगाउनु पर्ने ब्यबस्था गरिएको छ ।
धनगढीका नगरप्रमुख नृपबहादुर वडले वडा नं १७ अन्य वडाको तुलनामा पछाडी परेकाले विकास निर्माणका काममा प्राथमिकतामा पारिएको बताए । उनले वडा नं १७ कृषीका साथै फलफुल खेतीका लागि सम्भाब्य ठाउँ भएकाले आँपको गाउँको रुपमा विकास गर्न थालिएको बताए । नगरप्रमुख वडले बिहिबार मात्रै वडामै पुगेर स्थानीयको बारीमा आफै आँप रोपेर सहयोग गरे । नगरप्रमुख वडले आफु निर्वाचित भएर आउने वित्तिकै भोट बराबर बोट, त्यसपछि धनगढीको जनसंख्या बराबर बोटको अभियान सुरु गरेको बताए । 
वडा नं १७ का अध्यक्ष माधवराज रानाले नगर प्रमुख वडको पहलमा आँप गाउँ अभियान अन्तरगत २ हजार ९ सयको हाराहारीमा आँपको बिरुवा वडाबासीमा उपलब्ध गराएको बताए । धनगढी उप–महानगरपालिका आरयूडिपीको सहयोग र विकासका लागि यूवा ऐक्यवद्धताको साझेदारीमा आँपको बिरुवा उपलब्ध गराएको संस्थाका अध्यक्ष बिनय लामाले बताए ।
त्यसैगरी धनगढी उप–महानगरपालिका ७ मा रहेको सृजना स्मृती पार्कमा पनि नगरप्रमुख वडले बृक्षा रोपण गरेका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा