नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार नाघ्यो

Corona Update
Corona Update
July 14, 6:30

काठमाडौँ, असार ३० – मंगलबार थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा स‌ंक्रमण पुष्टि हुनेमा धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना, दाङ र कैलालीका ५/५ जना, पाल्पा र जुम्लाका ४/४ जना रहेका छन् ।

त्यस्तै धनकुटा, प्युठान, रोल्पा र अर्घाखाँचीमा ३/३ जना र इलाम, पर्सा, काभ्रे, नवलपरासी पूर्व, काठमाडौं र गोरखामा २/२ जना संक्रमित भेटिएका छन् । झापा, सिरहा, सुनसरी, तेह्रथुम, रौतहट, नुवाकोट, ओखलढुंगा, सिन्धुली, पाल्पा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा १/१ जना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

विगत २४ घण्टामा  कोरोना संक्रमण निको भएर ३४ जना डिस्चार्ज भएका छन् । हाल ६ हजार ६ सय ९५ जना संक्रमित आइसोलेनसनमा रहेका छन् । डिस्चार्ज हुनेको कुल संख्या १० हजार ३ सय २८ पुगेको छ, कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ । हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा