

अवैध बन्दुक, २ थान सिसाको गोली र बारुदसहित डडेल्धुरामा एक जना पक्राउ

July 14, 6:49
डडेल्धुरा, असार ३० – डडेल्धुरा प्रहरीले अवैध बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। सोमबार प्रहरीले जिल्लाको आलिताल गाउँपालिका –६ फल्याखर्कका ४६ वर्षीय लालबहादुर कुँवरलाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी चौकी आलितालको टोलीले एक नाले भरुवा बन्दुक, २ थान सिसाको गोली र ९ ग्राम बारुद लुकाई राखेको अवस्थामा कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। पक्राउ परेका निजमाथि हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
March 11, 7:45
March 09, 6:04
March 09, 5:56
March 11, 7:45
March 09, 6:04
March 09, 5:56
August 12, 6:25
August 16, 7:04
August 21, 7:58
August 25, 3:22
August 31, 4:18

सम्बन्धित वर्गका समाचारहरू
March 08, 7:11
धनगढी - संविधान सभाका सदस्य तथा हलिया मुक्ति र कमैया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीले मुक्त… विस्तृतमा
March 07, 6:18
धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको तीन विधाका मनोनयन सार्वजनिक गरिएको… विस्तृतमा