स्वास्थ्य सामग्री खरिद प्रकरणको छानबिन गर्न नेपाली काङ्ग्रेसको माग

लोगो
लोगो
July 15, 9:44


असाार३१, 
नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमितता माथी छानविन गरी दाेषीमाथि कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा सरकारलाई यस्ताे माग गरेको हो।

समितिका संयोजक प्रकाशसरण महतले स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार भएको पाइएकाले छानविन गरी दोषीलाई कारबाही गर्न माग गरिएको बताए।

उनले क्वारेन्टाइन केन्द्रहरु मापदण्ड अनुरुप संचालन नभएको र जसले गर्दा संक्रमण फैलने दर बढेको भन्दै मापदण्ड अनुसारका क्वारेन्टाइन निर्माण गर्न माग गरिएको बताए। पिसिआर परीक्षणको दायरा तत्काल बढाउन र परीक्षण किटको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ।

देशभित्रै पिपिई लगायतका स्वास्थ्य सुरक्षा सङ्ग सम्बन्धित सामग्री उत्पादनका लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्न समेत काङ्ग्रेसले माग गरेको छ। सम्भावित संक्रमणको विस्तारलाई ध्यानमा राखेर अत्यावश्यक स्वास्थ्य सामग्रीको तयारीको लागि पनि माग गरिएको छ।

संयोजक महतले स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरुको बीमा गर्न समेत गर्नु पर्ने बताए। कर्मचारी हरुलाइ अबधि नपुगी गरिने सरुवा पनि बन्द गरिनु पर्ने माग नेपाली काङ्ग्रेसको रहेको छ।

संघीय सरकारले गहन रुपमा जिम्मेवारी बहन नगर्दा कोभिड- १९ व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले मात्रै लिनुपरेको उनको भनाइ छ।

कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई समान्य अवस्थामा ल्याउन सरकारले कुनै काम गर्न नसकेको निष्कर्षमा काङ्ग्रेस कांग्रेसको पुगेको छ।
‘आर्थिक संकटमा परेका कृषि, यातायात, पर्यटन, निर्माण उद्योग, साना तथा मझौला व्यवसायलाई सुचारु गरी रोजगारीका अवसरहरु कायम गर्न र राहतको प्याकेजको व्यवस्था गर्न समेत माग गरिएको छ’ महतले भने।

विदेशबाट बेरोजगार भई फर्केका र देशभित्रै बेरोजगार भएका नागरिकहरुलाई गाउँगाउँमा रोजगारीको ब्यबस्था गरि न्यूनतम आम्दानी हुने ब्यबस्था सुनिश्चित गर्न काङ्ग्रेसले माग गरेको छ।

कोभिड १९ बाट प्रभावित भएका उद्योग व्यवसायहरुलाई बैंकहरु मार्फत सहुलियत ब्याजमा राहत, साँवा ब्याजको भुक्तानीमा थप समयको व्यवस्था लगायतका उपायहरु अवलम्बन गर्न भनिएको छ।

भौतिक दुरी कायम गरी सार्वजनिक यातायातलाई सञ्चालन गर्न, यातायात व्यवसायीहरुसँगको छलफलको आधारमा आवश्यक सुरक्षा सामग्री, मास्क तथा राहतको व्यवस्था गर्न कांग्रेसले माग गरेको छ।

कृषि बाली लगाउने समय भएकाले कृषकलाई आवश्यक बिउबिजन, मलखादको सुलभ र सहुयितपूर्ण व्यवस्था तत्काल मिलाउन कांग्रेसले भनेको छ।









सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा