भारतमा नेपालीमाथि ज्यादती, कपाल मुण्डन गरेर ओलीविरुद्ध नारा लगाउन लगाइयो

jYADATI
jYADATI
July 17, 12:07

वनारस, साउन ०२ – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मबारे दिएको अभिव्यक्तिले भारतमा रहेका नेपालीहरु प्रभावित बन्न थालेका छन्। भारतमा रहेका नेपालीहरुलाई त्यहाँ विभिन्न आरोप लगाउनुका साथै जबरजस्तीसमेत गर्न थालिएको छ। भारतको विश्व हिन्दु सेनाले बिहीवार वनारसमा रहेका नेपालीको कपाल जबरजस्ती खौरिदिएका छन्। हिन्दु सेनाले कपाल खौरेपछि ती नेपालीको शिरमा जय श्रीरामको नारासमेत लेखिदिएका छन्। त्यसपछि उनीहरुले नेपालका प्रधानमन्त्री केपी शर्माविरुद्ध नाराबाजी गरेका थिए।

राम नेपालमै जन्मेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध हिन्दु सेनाले यस्तो कदम चालेको हुन सक्ने बताइएको छ। हिन्दु सेनाले प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिएको छ। उनीहरुले बनारसमा रहेका नेपालीलाईसमेत ओलीले यस्तै बयान दिन थाले राम्रो नहुने चेतावती दिएका छन्। बिहीवार बिहान बनारसको एक मन्दिरमा हिन्दु सेनाले चेतावनीसहितको एक पोस्टर टाँसेका थिए। सोही साँझ हिन्दु सेनाले वनारस नदीको घाटको किनारतिर जाँदै गरेको नेपाली नागरिकलाई रोकी जबरजस्ती कपाल खौरी दिएको भारतीय समाचार संस्थाहरुले जनाएको छ। यद्यपि ती व्यक्तिको परिचय भने खुलाइएको छैन।

विश्व हिन्दु सेनाका संरक्षक अरुण पाठकले आफ्नो कार्यकर्ताले उठाएको यो कदम सही भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो बयान फेर्नुपर्ने पाठकले सुझाएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा