प्याब्सन तथा एनप्याबसन स्थानीय पालिकाले धनगढीका मेयरलाइ बुझाए ध्यानाकर्षण पत्र

प्याब्सन
प्याब्सन
July 17, 1:39


धनगढी२,साउन
निजी विद्यालयहरुका छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल, नेशनल प्याब्सन धनगढी स्थानीय पालिकाले धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाइ शुक्रबार ध्यानाकर्षण पत्र बुझाएका छन् ।

दुबै छाता सङगठनहरुको देशब्यापी कार्यक्रम बमोजिम स्थानीय पालिकामा ध्यानाकर्षण पत्र बुझाएको प्याब्सन धनगढी स्थानीय पालिका अध्यक्ष पदम बहादुर साउदले बताउनु भयो।
सयुक्त रुपमा बुझाइएको सात बुदे ध्यानाकर्षण पत्रमा विद्यार्थीहरुको पठनपाठनलाइ सुचारु गर्नका लागि नया विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखिकरण गरि पाठ्यपुस्तक लगायत शिक्षण सामग्रीहरु ब्यबस्थापन गर्ने वातावरण यथाशीघ्र निर्माण गरिनु पर्ने, यथासम्भब विद्यालयहरुमा आबश्यक पुर्बाधार ब्यबस्थापन सहित जोर- बिजोर वा आलोपालो प्रणालीमा कक्षा संचालन गरि 
विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था गर्नुपर्ने, क्वारेन्टिनका लागि विद्यालयहरुको प्रयोग भएको भए अर्को स्थानमा स्थानान्तरण गरि निर्मलिकरणको ब्यबस्था गरिनुपर्ने, बर्तमान शिक्षा नियमावली अनुसार शैक्षिक सत्र २०७७को लागि केही सार्बजनिक बिदाहरु, जाडो बिदा लगायत अन्य बिदा कटौती गरि नयाँ शैक्षिक क्यालेन्डर निर्माण गरिनुपर्ने, विद्यालहरुले शैक्षिक सत्र २०७६ को बाँकी बक्यौता उठाउन नसकेको र २०७७ सालमा कुनै पनि शीर्षकमा शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अबस्थामा विद्यालयमा कार्यरत शिक्षक-कर्मचारीहरुको तलब भत्ता लगायत अन्य खर्चको ब्यबस्थापनमा उचित सहयोग गर्नुपर्न र घर बहाला कर, व्यवसायिक कर , महसुलमा छुटको ब्यबस्था गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो।
    प्याबसन र एनप्याबसन धनगढी स्थानीय पालिका द्वारासंयुक्तरुपमा बुझाइएको ज्ञापन पत्र बुझ्दै नगरप्रमुख निर्प बहादुर वडले नगरपालिकाको तर्फबाट सकिने सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भयो।
यसअघि बुधबार दुवै संगठनका रास्ट्रीय अध्यक्षहरुले आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले अनिश्चिताबीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरी बस्नु नै उचित विकल्प भन्दै शिक्षक कर्मचारीलाई बेतलबी बिदा दिने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।


सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा