रेडक्रस कैलालीद्धारा सेती अस्पताललाई व्यक्तिगत सुरक्षाका सामाग्री हस्तान्तरण

Redcross
Redcross
July 17, 4:04

धनगढी, २ साउन - नेपाल रेडक्रस सोसाइटीले सेती प्रादेशिक अस्पताल धनगढीलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ । कोको–कोला र नेपाल रेडक्रसको साझेदारीमा कोरोना भाइरसको संक्रमित व्यक्तिहरुको सेवामा २४ सै घण्टा परिचालित हुने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षार्थ बुट र कबर ५० सेट, सेनिटाइजर २५० थान, कोलोरिन ५ लिटरको ५० जार, साबुन १ हजार ८, एन नाइनटी फाइप मास्क १०० थान गरी १ लाख ६४ हजार बराबरको सुरक्षा सामाग्री सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.हेमराज पाण्डेयलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा कैलाली रेडक्रसका सभापति उत्तम जोशी, उपकोषाध्यक्ष गोविन्दप्रसाद जोशी, सदस्य रतन कठायत, कोको–कोलाका प्रतिनिधि सुभास दाहाल, नेरेसो केन्द्रीय कार्यालय प्राथमिक उपचार महाशाखाका राजु रावत , कैलाली शाखाका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा