बाजुरामा पुनः हवाई सेवा संचालनमा

हवाइ
हवाइ
July 27, 1:04


२०७७ साउन १२, 
बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्ण रुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् ।

सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ । कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले आरडिटी  अनिवार्य गरेर मास्क, पञ्जा लगायत स्वास्थ्य सुरक्षाका प्रयोग गरी उडान शुरु गरिएको बताए ।

आगामी दिनमा पनि सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगञ्ज र सुर्खेत पठाइने बडिमालिका एयर कार्गो सेवा राजा एयरपोट प्रतिनिधि ज्ञानु बमले जानकारी दिए ।  बाढी पहिरोका कारण सडक मार्ग अवरुद्ध भइरहेका बेला हवाई सेवा पुनः सञ्चालन हुने देखिएपछि नागरिक  खुशी भएका छन् ।
कोरोना सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाएर हवाई सेवा पुनःसञ्चालन भएको र फेरि पनि सुरक्षाका उपायमा  हेलचक्राइँ गर्न नहुने स्वास्थ्यकर्मीको भनाइ छ । विशेष गरेर प्रसूति र अन्य बिरामीलाई  सहज हुने भएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा