नेपाल ट्रेड युनियन काङ्ग्रेस गौरीगंगा नगर कार्यसमिति गठन
- नेपाली काङ्ग्रेस निकट नेपाल ट्रेड युनियन काङ्ग्रेस गौरीगंगा नगरकार्यसमिती आज बिहिवार चौमालामा सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला कार्यसमिति कैलाली जिल्ला सदस्य दलबहादुर बोगटी को सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्र न.४ का सभापति दिनेशराज जोशी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका कैलाली जिल्ला सदस्यद्वय रामबहादुर कलेल, प्रेमराज ओझा, नेपाली काङ्ग्रेस गौरीगंगा नगर सभापति काशीराम शर्मा, नेपाल शिक्षक संघ कैलाली जिल्ला सह-सचिब जंगबहादुर देउवा , नेपाल साँस्कृतिक कलाकर्मी संघका केन्द्रिय उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा) लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै नेपाल ट्रेड युनियन काङ्ग्रेस गौरीगंगा नगर कार्यसमिति हर्कदेव जैसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मतले चयन हुनु भएको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेसको गौरीगंगा नगर उपाध्यक्षमा सुनिता चौधरी , सचिबमा कामदेव जोशी , कोषाध्यक्षमा डबल दियाकोटी, सह-सचिबमा तुलाराम चौधरी लाई चयन गरिएको छ । सदस्यहरुमा नवीन बिष्ट , सुबास चौधरी ,ईश्वरी भण्डारी,यशोदा ताडी,प्रेम चौधरी , उपेन्द्र रेग्मी,दिलबहादुर खत्री र दिपक चौधरी चयन हुनु भएको छ ।