बाजुराको त्रिवेणी नगरपालिकामा बाढीको वितण्डा (फोटो फिचर)

badhi
badhi
August 19, 7:45

बाजुरा, भदौ ३ – मङ्गलवार रातीको बाढीले बाजुराको त्रिवेणी नगरपालिकामा ठुलो क्षति पु¥याएको छ । मानवीय क्षति हुन नपाए पनि माला गाड आसपासका क्षेत्रमा लगाइएको अन्नबाली सँगै एक दर्जन भन्दा बढी पसलहरू बगाएको छ भने खेतीयोग्य जमिन समेत बगेर ठुलो नोक्सानी भएको छ । 
त्रिवेणी नगरपालिकाका मेयर राम सिंह रावलले स्थानीयले ठुलो क्षति व्यहोर्नुपरेको बताए । बाढीले नगरपालिकाको वडा नम्बर ८ मा निर्मित माला गाड लघु जलविद्युत आयोजनाको बाँध र नहरसमेत बगाएपछि तीन वटा वडा अन्धकार बनेका छन् । 
स्थानीय जङ्ग अयडीका अनुसार  माला गाड लघु जलविद्युत आयोजनाको नहर र बाँध भत्किएपछि ५ वटा वडामा आपूर्ति हुने विधुत अवरुद्ध हुँदा २ हजार घर अन्धकारमा बस्नुपर्ने बाध्यता सिर्जना भएको बताए । २०७३ सालमा स्थापना भएको उक्त जलविद्युत आयोजनाको भवन समेत जोखिममा परेको छ । 
माला गाडले वडा नम्बर ८ को मौरेमा रहेका १५ वटा र वडा नम्बर ४ मा रहेका १० वटा पसल समेत बगाएको अयडीको भनाई छ । नगरपालिकाको वडा नम्बर ६ र ५ लाई जोड्ने सेरीको झोलुङ्गे पुल समेत बगाएको उनले बताए । साथै वडा नम्बर ६, ७, ८ र ९ लाई नगरपालिकाका केन्द्रसँग जोड्न बनाइएको काठे पुल समेत बगाएको उनले बताए । 

तस्बिर : जङ्ग अयडी

Badhibadhibadhibadhibadhibadhibadhibadhi

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा