नेपाल अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको आज एकवर्ष पुरा

dg
dg
March 15, 12:01

नेपाली क्रिकेटको लागि आजको दिन ऐतिहासिक दिनको रूपमा रहेको छ । नेपालले गत वर्ष आजकै दिन पहिलोपटक अन्तर्राष्ट्रिय एकदिवसीय टिमको मान्यता प्राप्त गरेको थियो ।

 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) बाट पहिलोपटक ४ वर्षको लागि अस्थायी एकदिवसीय टिमको मान्यता पाएको नेपालको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो सफलताको रूपमा मान्न सकिन्छ । सन २०२२ सम्मको लागि अस्थायी एकदिवसीय मान्यता पाएसङ्गै नेपालले दोस्रोपटक टि-२० अन्तर्राष्ट्रिय टिमको समेत मान्यता पाएको थियो ।

 

गत वर्ष मार्च १५ , २०१८ का दिन जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप क्रीकेट छनोट प्रतियोगितामा पपुवा न्यु गिनिलाई ६ विकेटले हराउदै नेपालले सन् २०२२ सम्मको लागि अस्थायी एकदिवसीय मान्यता प्राप्त गरेको थियो ।

 

नेपाल सहित १० टोलि सहभागी प्रतियोगितामा नेपाल चौथो हुँन सफल भएको थियो । प्रतियोगितामा सहभागी दुई शिर्ष टोलि अफगानिस्तान र वेस्टईन्डिजले विश्वकप यात्रा तय गरेका थिए भने नेपाल, स्कटल्याण्ड र युएईले एकदिवसीय मान्यता प्राप्त गरेका थिए ।

 

नेपाल र पपुवा निगिनी बिचको खेल –
दुबै टोलि एसोसिएट राष्ट्र मध्ये शिर्ष तिन भित्र पर्दै एकदिवसीय मान्यता प्राप्त गर्ने दाउमा थिए । टस हारेर पहिला ब्याटिङ गरेको पपुवा निगिनिले २७.१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन मात्र बनाउन सकेको थियो । पपुवा निगिनिको ब्याटिङ ध्वस्त गर्ने क्रममा सन्दिप लामिछाने र दिपेन्द्र सिह ऐरीले सर्वाधिक ४-४ विकेट लिदा करन केसि र सोमपाल कामिले पनि १-१ विकेट लिएका थिए ।

Image removed.

जितको लागि ११५ रनको लक्ष्य पाएको नेपालले २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्याएको थियो । नेपालको ऐतिहासिक जितमा दीपेन्द्र सिह ऐरीले अविजित ५०, आरिफ शेईखले २६ र कप्तान पारस खड्काले २० रनको महत्त्वपूर्ण योगदान दिएका थिए ।

यसरी प्रतियोगितामा ८ औं हुदै नेपालले एकदिवसीय टिमको मान्यता पाएको थियो ।

एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालले हालसम्म दुई वटा अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज खेलेको छ भने जसमध्ये एक सिरीज कब्जा गरेको छ र एक सिरिजमा बराबरी खेलेको छ ।

Image removed.

 

नेपालले सन् २०१८ को अगस्ट १ र ३ मा नेदरल्यान्डससंग नेदरल्यान्डसमा २ खेलको पहिलो एकदिवसीय सिरिज खेल्यो, उक्त सिरिज १ – १ को बराबरि भयो।

त्यस्तै सन् २०१९ को जनवरी २५ देखि फेब्रुअरी ३ सम्म युएईसंग युएईमा ३ खेलको सिरिज खेल्यो, उक्त सिरिज नेपालले २ – १ ले जित्दै पहिलो एकदिवसीय सिरिजको उपाधी जित्न सफल भएको थियो ।

 

यसरी नेपालले एकवर्षमा ६ वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेकोमा ५०-५० को नतिजा हात पारेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा