राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी सवारी दुर्घटनामा सख्त घाइते

कंचनपुर
कंचनपुर
September 13, 8:58

२०७७ भाद्र २८, आईतबार 
झलारी बजारमा ट्रक र मोटरसाइकल एकआपसमा जुद्धा २ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एकआपसमा जुद्धा मोटर साइकलमा सवार शुक्लाफाटा नगरपालिका वडा नम्बर– १० का राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी वर्ष २८ का ललित भण्डारी र उनका भाइ नाता पर्ने वर्ष २४ का करन ठगुन्ना सख्त घाइते भएका हुन । क्रिकेट खेलाडी भण्डारीको अवस्था चिन्ताजनक रहेको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार घाइतेको  झलारी स्थित शुक्लाफाटा किलिकमा प्राथमिक उपचार पछी थप उपचारका लागि धनगढी रिफर गरिएको छ । ट्रकका चालक फरार रहेका छन भने र ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको ईलका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए।
prabhukhabar.com बाट साभार गरिएको

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा