पार्वतिको उपचारकालागि रकम जुट्दै

fgfg
fgfg
March 15, 12:28

मनमोहन पनेरु
डोटी,फागुन ३०
भिरबाट लडेर गम्चिर घाईते भई शिक्षण अस्पताल काठमाण्डौंमा उपचार गराईरहेकी डोटी सायल गाउँपालिका वडानं. ३ कि पार्बतीदेबी थापाको उपचारको लागि भारतको जोतपुरमा रहेको सुदूरपश्चिमेली समाजले सहयोग गरेका छन् । सुदूरपश्चिमेलीहरुको सँस्था सुदूरपश्चिम समाजको अगुवाईमा संकलन गरिएको रु. ३० हजार रकम घाईते पार्बतीदेबी थापाका पति हरिपाल थापालाई हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिमेली समाज भारत जोतपुरबाट पठाईएको उक्त रकम चेम्वर अफ कमर्श डोटीका अध्यक्ष खगेन्द्रबहादुर साउद र सचिब तेजबहादुर डुम्रेलले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको छ । सहयोग रकम बुझ्दै घाईते पार्बतीका पति हरिपाल थापाले उपचारको लागि सहयोग गर्ने सबैलाई हृदय देखि नै धन्यवाद ब्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिमका साथीहरुले गरेको सहयोगले मेरो श्रीमती बच्ने भईन यसैमा खुसि छु ।” त्यसैगरी भारतको मदरास शहरमा काम गर्ने सायल गाउँपालिका वडान.४ का स्थानिय पुर्णबहादुर विष्टले पनि त्यहाँ रहेका नेपालीहरुबाट रु ३३ हजार ६२० रुपिया सँकल गरी पार्वतिको उपचारकालागि पठाउनु भएको चेम्वर अफ कमर्श डोटीका सचिब तथा पार्वति बचाउ अभियानका सँयोजक तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो ।

यहि फागुन १ गते भिरबाट लडेर गम्भिर घाईते भएकि थापालाई जिल्ला अस्पताल सिलगढी, सेती अन्चल अस्पताल धनगढी र नेपालगञ्ज मेडिकल कलेजमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि त्रिभुवन बिश्व विद्यालय, शिक्षण अस्पताल काठमाण्डौ पु¥याइएको थियो । उहाँको उपचारमा अहिले सम्म रु २ लाख ५० भन्दाबढी खर्च भएको र उपचारकालागि रु १ लाख ५० हजार कोरीयामा रहेका सुदूरपश्चिमेलीहरुबाट शंकलन भएको र रु ६३ हजार ६२० रुपिया भारतको जोतपुर र मदरासमा रहेको सुदूरपश्चिमेली समाजले संकलन गरी पठाएको पार्वतिका श्रीमान हरीपाल थापाले जानकारी दिनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा