आवस्यक जानकारी नहुँदा असुरक्षित गर्भपतन गर्दै

cggf
cggf
March 15, 12:31

मोहन पनेरु
दिपायल,
फागुन १२ डोटी जिल्लाका सञ्चारकर्मीहरु तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले सुरक्षित गर्भपतन तथा सेवाको बारेमा आबश्यक जानकारीको अभावमा असुरक्षित गर्भपतन गराउने क्रम नरोकिएको बताएका छन ।

गर्भपतनका बारेमा अझै समाजमा भ्रमहरु बिद्यमान रहेकाले महिलाहरु खुलेर सुचिकृत स्वास्थ्य संस्थाहरुमा आउन नसकेको उनीहरुको धारणा रहेको छ ।

आईपास नेपालको सहयोगमा सामुदायिक विकास मञ्च नेपालले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको सुरक्षित गर्भपतन सम्बन्धि सञ्चारकर्मीहरुसँगको अन्तरकृया कार्यक्रममा सहभागिहरुले आम सचेतिकरण गरि सुरक्षित गर्भपतन र निःशुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा जिल्लामा उपलब्ध सेवाको बारेमा समुदाय स्तर सम्म जानकारी प्रवाह गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

अझै पनि नीजि मेडिकल तथा सूचीकृत नभएका स्वास्थ्य संस्थाहरुमा गर्भपतन गराउने र जोखिम बढेपछि मात्र अस्पतालमा उपचारको लागि आउने गरेको समेत पाईएको छ । सुरक्षित गर्भपतन र सेवाको बारेमा समुदाय स्तरमा जानकारी प्रवाह गर्न सके जोखिम न्युनिकरण गर्न सकिने डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.भुषण मिश्रले बताउनु भयो । उक्त अन्तरकृया कार्यक्रममा बोल्दै सामुदायिक विकास मञ्च डोटीद्धारा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमका कार्यक्रम अधिकृत दीपा सिंहले महिलाहरुमा गर्भपतनको बारेमा भ्रम र भेदभाव रहेको, लिंग पहिचान गरि गर्भपतन गराउने गरेको , पटक पटक गर्भपतन गराउदा महिलाहरुको स्वास्थ्यमा जोखिम बढेको बताउनु भयो ।

समुदाय स्तरमा सुरक्षित गर्भपतनको बारेमा सूचना तथा जानकारीको अभाव रहेको पाईएकाले सुरक्षित गर्भपतन र जिल्लामा उपलब्ध सेवाको वारेमा समुदाय स्तरसम्म जानकारी प्रवाह गर्न सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्नु पर्ने कुरामा सहभागिहरुको जोड रहेको थियो । सामुदायिक रेडियो प्रसारक संघका प्रदेश सचिब कर्ण चन्दले सुरक्षित गर्भपतन र उपलब्ध सेवाको वारेमा समुदाय स्तर सम्म सूचना जानकारी प्रवाह गर्न सञ्चारकर्मी र सरोकारवालाहरु वीचमा समन्वय हुनु पर्ने बताउनु भयो ।

डोटी जिल्लाका जिल्ला अस्पतालका साथै तिखा, गड्सेरा, चवराचौतारा, पोखरी, मौवा, मुडभारा, भूमिराजमाण्डौं, बर्छैन, लानाकेदारेश्वर, लडागडा, सरस्वतीनगर, छतिवन, सानागाउँ, डौड, दानकोट, कफल्लेकी, दुर्गामाण्डौं र तिखातर गरि १८ वटा स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाहरु मध्ये सामुदायिक विकास मन्च डोटीद्धारा संचालित सुरक्षित गर्भपतन सेवा कार्यक्रम अन्तरगत दुर्गामाण्डौं, कफल्लेखी, डौड, छतिवन र सरस्वतीनगर स्वास्थ्य संस्थाहरुमा प्राबिधिक सहयोग तथा आम सचेतिकरण गर्ने कार्यक्रम सञ्चालित रहेको सामुदायिक विकास मन्च नेपालका सचिब सिद्धराज जोशीले बताउनु भयो ।

उक्त कार्यक्रममा दिईएको जानकारी अनुसार आ.बं. २०७४÷७५ मा कुल १ हजार ८९ महिलाहरुले डोटीका बिभिन्न स्वास्थ्य संस्थाहरुमा गर्भपतन गराएका थिए । त्यसमा जिल्ला अस्पताल डोटीमा ३ सय ८३ जनाले गर्भपतन गराएको छन । १२ हप्ता देखि २८ हप्ता सम्मको गर्भपतन गराउने अधिकार भने डोटी जिल्ला अस्पतालले मात्रै पाएको छ ।

सामुदायिक विकास मन्च डोटीका सचिब सिद्धराज जोशीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा सो संस्थाकी कार्यक्रम अधिकृत दीपा सिंहले संस्थागत परिचय, सुरक्षित गर्भपतन सम्बन्धि कानूनी ब्यवस्था र डोटीमा संचालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमको वारेमा र आईपास नेपालका लक्ष्मण केसी र तेज विष्टले सुरक्षित गर्भपतन सेवा कार्यक्रममा आईपास नेपालको भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा