जोशी अप्टिकल एण्ड आईकेयर सेन्टर एलपिएलको सह- प्रायोजक

photo
photo
December 30, 10:11

२०७७ पुस १५ गते,बुधबार 
फागुन १५ गते देखी२४ गते सम्म धनगढीमा  सञ्चालन हुनेे  लिटल फ्लावर प्रिमियर लिग -५ विद्यालय स्तरीय  यु- १९  क्रिकेट प्रतियोगिताको सह- प्रायोजकको रुपमा जोशी अप्टिकल एण्ड आई केयर सेन्टर जोडिएको छ।

Photo

लिटल फ्लावर स्पोर्ट एण्ड इभेन्टस( साबिकको संस्कार क्रीकेट एकेडेमी)को आयोजनामा सञ्चालन हुने प्रतियोगितामा जोशी अप्टिकल एण्ड आइकेएर सेन्टरले आज एक कार्यक्रमका बिच सम्झौता- पत्रमा  हस्ताक्षर गरेको छ ।

photo
देशकै विद्यालय स्तरको उत्कृष्ट प्रतियोगितालाई स्तरिय बनाउन  र विद्यालयहरुमा लुकेर रहेका प्रतिभावान खेलाडीहरुलाई बाहिर ल्याउने अभियानमा हौसला प्रदान गर्न प्रतियोगितामा सह–प्रायोजन गरिएको जोशी अप्टिकल एण्ड आई केएर सेन्टरका प्रमुख तथा संस्थापक डाक्टर युवराज जोशीले बताउनुभयो।

एलपिएल क्रीकेट प्रतियोगिताको पाचौं संस्करणमा सहयोगी हातहरु जोडिने क्रम बढ्दै गएको  लिटल फ्लावर स्पोर्ट एण्ट इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

प्रतियोगितामा काठमाण्डौं तीनकुने स्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले सह–प्रायोजन गर्ने सहमति भइसकेको छ । यसैगरी एलपिएलका लागि दोश्रो पुरस्कार राशीको प्रायोजन धनगढी उत्तरबेहेडी  स्थित गुरुकुल एकेडेमीले गरेको छ ।

एलपिएलको  हस्पिटालिटी पार्टनरमा इमेज होटल प्रा. लि. धनगढी,एजुकेसन पार्ट्नर ओएसिस कलेज अफ होटेल म्यानेजमेन्ट, ब्राउट टु यु बाई प्रायोजक अमेरिका निवासी समाजसेवी जयन्ती थापा, हस्पिटल पार्ट्नर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, सह-प्रायोजकमा धनगढी२,स्थित दहाल पुस्तक पसल धनगढीको  टुङ्गो लागेको लिटल फ्लावर स्पोर्ट एण्ट इभेन्ट्सका अध्यक्ष शाहीले बताए । प्रतियोगितमा सहभागिता जनाउने टिमले पुस मसान्त सम्म टिम दर्ता गराइसक्नु पर्ने छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा