चण्डिका ग्रुप एलपीएलको तयारी अन्तिम चरणमा : अभ्यास खेल जारी !

LPL 5
LPL 5
February 13, 6:06

धनगढी - 

फागुन १४ गते देखि २४ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक  लिटल फ्लावर स्पोटर्स एन्ड ईभेन्ट्स प्रालिले तयारीको काम अन्तिम चरणमा पुगेको जनाएको हो । लिटल फ्लावर स्पोटर्स एन्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले खेलमैदान निर्माणको कार्य सम्पन्न भइसकेको बताए । 

प्रतियोगितालाई चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५ को मुख्य प्रायोजक टिकापुरमा रहेको चण्डिका ग्रुप रहेको छ । प्रतियोगिताको उप–विजेता पुरस्कार रकम धनगढी उत्तरवेहडी स्थित गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ ।

म्यान अफ द म्याचलाई गुरु जी सटिङ्ग एन्ड सुटिङले प्रायोजन गरेको छ । सङ्घीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा सञ्चालन हुने विद्यालय स्तरीय यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सह– प्रायोजकको रूपमा धनगढी स्थित गुरु जी सटिङ्ग एन्ड सुटिङ जोडिएको छ । 

प्रतियोगितामा हस्पीटालिटी पार्टनरको रुप मा इमेज होटेल प्रालिले साथ दिएको छ । प्रतियोगितामा सह प्रायोजकको रूपमा हिमालयन ह्वाईट हाउस इन्टरनेसनल कलेज तीनकुने काठमाडौँ, मृग गार्मेन्ट उद्योग चटकपुर धनगढी, जोशी अप्टीकल एन्ड आई केयर सेन्टर धनगढी, ओयसिस होटेल म्यानेजमेन्ट कलेज धनगढी चटकपुर, अमेरिका निवासी समाजसेवी जयन्ती थापा, निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढी, दाहाल पुस्तक पसल धनगढी, नेप्स कफी एन्ड फुड प्रडक्ट प्रालि चितवन, दिपेश ईन्फोसिस धनगढी, एडभेन्चर वेस्ट होलिडेज धनगढी, रोज कलेक्सन वमेन्स वयर धनगढी कैलालीले साथ दिएको छ ।

LPL

तयारी स्वरूप अभ्यास खेल !

प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजक लिटल फ्लावर स्कुल र कैलाली जिल्ला क्रिकेट क्लब बिच सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा अभ्यास खेल समेत चलिरहेको छ । तीन सिरिजको अभ्यास खेलमा दुवै टिमले उत्साहजनक प्रदर्शन गरिरहेको छन् । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा