धनगढीको एसपीए कलेज चण्डिका ग्रुप एलपीएल ५ को हायर एजुकेसन पार्टनर

SPA College
SPA College
February 25, 7:57

धनगढी - फागुन १५ गते देखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग – ५ को हायर एजुकेसन पार्टनर धनगढीको एसपीए कलेज रहने भएको छ । सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने विद्यालय स्तरीय यु – १९ राष्ट्रिय  क्रिकेट प्रतियोगिताको एजुकेसन पार्टनरका रूपमा सुदूरपश्चिमकै प्रख्यात कलेजका रूपमा रहेको एसपीए कलेज जोडिएको हो । 

त्रिभुवन विश्वविद्यालय मातहत रहेको उक्त कलेजले सुदूरपश्चिमको शैक्षिक क्षेत्रमा प्लस टु देखि स्नातकोत्तर तहसम्मका विभिन्न सङ्कायमा अध्यापन गराउँदै आएको छ । सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपीए) २०५६ सालमा धनगढीकै त्रिनगर माविको एक भवन भाडामा लिएर स्थापना भएको क्याम्पस अहिले आएर सुदूरपश्चिम प्रदेशकै एक शैक्षिक धरोहरका रूपमा स्थापित भएको छ । आफूलाई समय अनुसार परिष्कृत गर्दै आएको सुदूरपश्चिम क्याम्पस हाल धनगढी उप–महानगरपालिका–२ सन्तोसीटोलमा आफ्नै भवनमा सञ्चालित छ ।

प्लस टु तहबाट शिक्षा र व्यवस्थापन सङ्कायबाट सुरु गरेको क्याम्पसले अहिले विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दै प्लस टु तहमा विज्ञान, होटेल म्यानेजमेन्ट, शिक्षा, मानविकी, कानुन र क्याम्पस तहमा विएचएम, विआईएम, एमविएस, एमएड लगायतका कक्षाहरू पनि सञ्चालन गरी रहेको छ । हाल क्याम्पसमा ३ हजार बराबरको सङ्ख्यामा विद्यार्थीहरू रहेका छन् ।

प्रतियोगिताको विजेताले १ लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही  ५/५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।

लिटल फ्लावर प्रिमियर लिग– ५ को मुख्य प्रायोजक टिकापुरमा रहेको चण्डिका ग्रुप रहेको छ भने पावर्ड बाई प्रायोजनका रूपमा धनगढी अस्पताल लाइनमा रहेको एसएनएस मार्ट एन्ड चौधरी बुक डिपा रहेको छ । 

प्रतियोगिताको उप–विजेता पुरस्कार रकम धनगढी उत्तरवेहडी स्थित गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ । प्रतियोगितामा सह प्रायोजकको रूपमा सानभी बक्स एन्ड स्टेसनरी, शारदा राइस मिल, वल्डलिङ्क, नेपाल टेलिकम, डिस होम, गुरु जी सटिङ्ग एन्ड सुटिङ, हिमालयन ह्वाईट हाउस इन्टरनेसनल कलेज तीनकुने काठमाडौँ, मृग गार्मेन्ट उद्योग चटकपुर धनगढी, जोशी अप्टीकल एन्ड आई केयर सेन्टर धनगढी, ओयसिस होटेल म्यानेजमेन्ट कलेज धनगढी चटकपुर, अमेरिका निवासी समाजसेवी जयन्ती थापा, निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढी, दाहाल पुस्तक पसल धनगढी, नेप्स कफी एन्ड फुड प्रडक्ट प्रालि चितवन, दीपेश ईन्फोसिस धनगढी, एडभेन्चर वेस्ट होलिडेज धनगढी, रोज कलेक्सन वमेन्स वयर र सारथि अस्पताल रहेका छन् । 

प्रतियोगितामा हस्पीटालिटी पार्टनरको रूपमा इमेज होटेल प्रालिले साथ दिएको छ । त्यस्तै प्रतियोगिताको केक एन्ड बेकरी पार्टनरमा आँगन केक एन्ड बेकरी, हस्पिटल पार्टनरका रूपमा निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर रहेका छ । चण्डीका ग्रुप एलपीएल ५ को संरक्षक धनगढी उपमहानगरपालिकाका रहेको छ ।

प्रतियोगिताको ट्रफी सार्वजनिक हुने दिनमा फागुन १४ गते धनगढी स्थित भेट्रान क्रिकेट खेलाडी र पत्रकार बिचमा मैत्रीपूर्ण क्रिकेट खेल पनि आयोजना हुनेछ । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा