एलपीएल : लिटल फ्लावर र स्टेपीङ स्टोनको पहिलो जित

Swash Ayer
Swash Ayer
March 04, 6:58

लिटल फ्लावर स्कुल र स्टेपीङ स्टोनले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा पहिलो जित निकालेका छन्। 
बिहीबार भएको पहिलो खेलमा शारदा स्कुललाई ९ विकेटले पराजित गर्दै लिटलले पहिलो जित निकालेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शारदाले दिएको ९४ रनको लक्ष्य लिटलले ९ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। लिटलको जितमा सुवाश ऐरले विस्फोटक ब्याटिङ गर्दै १६ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले। 

प्लेयर अफ द म्याच बनेका सुवाश यस प्रतियोगिताकै सर्वाधिक चाँडो अर्धशतक बनाउने खेलाडी बने। उनले ६ छक्का र तीन चौका प्रहार गरे। यस्तै नरेन भट्टले अविजित ३१ रन जोड्दा अनुराग सिंहले अविजित ६ रन बनाए। शारदाका लक्की कडायतले १ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो। उसका सचिन साउदले अविजित ३१ रन जोडे। युवराज थापाले १४ रन बनाए। लिटलका मनोज चनारा, सुवाश ऐर र सचिन भट्टले २/२ विकेट लिए।

आजै भएको दोस्रो खेलमा धनगढी नमुनालाई ९ विकेटले पराजित गर्दै स्टेपीङ स्टोनले पहिलो जित दर्ता गरेको छ। पहिले ब्याटिङ गरेको धनगढी नमूनाले ११ ओभरमा अलआउट हुँदै ४८ रन बनाएको थियो। उसका लागि आयुस खड्काले सर्वाधिक १९ रन बनाए। धनगढीलाई सस्तैमा समेट्न स्टेपीङका भुपेश जोशीले १० रन खर्चिएर ६ विकेट लिए। सुभम जैशीले २ विकेट लिए। 

धनगढीले दिएको ४९ रनको लक्ष्य स्टेपीङले ५ ओभर ३ बलमा १ विकेट गुमाएर भेट्टायो। स्टेपिङका अविशेक कुँवरले अविजित ३२ रन जोडे। धनगढीका अनुप कुँवरले १ विकेट लिए । खेलका म्यान अफ द म्याच स्टेपीङका भुपेश जोशी भए। लगातार दोस्रो हारसंगै धनगढी नमुना प्रतियोगिताबाट बाहिरिएको छ। 

g

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। विजेताले १ लाख २० हजार पाउने छन्। त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन्। उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५÷५ हजार पाउने छन्। 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा