एलपीएलको इतिहास सर्वाधिक चाँडो अर्ध शतक बनाउने खेलाडी बने सुवास ऐर, १५ बलमा अर्ध शतक

Suwash Ayer
Suwash Ayer
March 04, 8:17

धनगढी - लिटल फ्लावर स्कुलले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा बिहीबार पहिलो जित निकाल्दा कप्तान सुवास ऐरले उत्कृष्ट प्रदर्शन गरे । बिहीबार बिहान भएको खेलमा शारदा स्कुललाई ९ विकेटले पराजित गर्दा उनले २४ बलमा २० रन खर्चेर दुई विकेट लिनुका साथै विस्फोटक ब्याटिङ गर्दै १६ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले । 
योसँगै प्लेयर अफ दि म्याच बनेका सुवास यस प्रतियोगिताकै सर्वाधिक चाँडो अर्ध शतक बनाउने खेलाडी बने । उनले ६ छक्का र तीन चौका प्रहार गरेका थिए । 
यस्तै नरेन भट्टले अविजित ३१ रन जोड्दा अनुराग सिंहले अविजित ६ रन बनाए । शारदाका लक्की कडायतले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो । उसका सचिन साउदले अविजित ३१ रन जोडे । युवराज थापाले १४ रन बनाए । लिटलका मनोज चनारा, सुवास ऐर र सचिन भट्टले २/२ विकेट लिए । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् । त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीले ५/५ हजार पाउने छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा