लिटल फ्लावर प्रिमियर लिगः शारदाको दोस्रो जित

kk
kk
March 07, 4:32


कैलाली - 
धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० क्रिकेट प्रतियोगितामा शारदा स्कुलले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा विद्या भूषणलाई ४ विकेटले पराजित गर्दै शारदाले दोस्रो जित निकालेको हो । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको विद्या भुषणले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो । उसका लागि शेर मल्लले ४३ र कप्तान विरेन्द्र नाथले ३८ रन बनाए ।

bn

    
शारदाका कुम्बा देउवाले ३ तथा अविशेक पाल र सिफ्टेन अन्सारीले २÷२ विकेट लिए । विद्या भुषणले दिएको १ सय ३४ रनको लक्ष्य शारदाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । शारदाको जितमा लक्की कडायतले ६७ रनको अर्धशतकीय पारी खेले । उनी खेलको प्लेयर अफ दि म्याच समेत चुनिए । विद्या भुषणका नरेन साउदले ३ विकेट लिए । आजको खेलमा शारदा विजयी भएसंगै शारदा र विद्या भूषणको समान ४ अंक भएको छ । भोलि हुने त्रिनगर मावि र लिटल फ्लवारबीचको खेलले सेमिफाइनल पुग्ने टोलीको टुङगो लाग्नेछ । लिटल फ्लवारले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने त्रिनगरले दुबै खेल गुमाएको छ । 

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् । यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५÷५ हजार पाउने छन् ।

lpl

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा