सचिनको उत्कृष्ट प्रदर्शनमा लिटल फ्लावरको सहज जीत, सेमिफाइनलमा प्रवेश

Photot
Photot
March 08, 1:18

धनगढी – लिटल फ्लावर स्कुल चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा त्रिनगर स्कुललाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावर सेमिफाइनलमा पुगेको हो । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको ६६ रनको लक्ष्य लिटलले १० ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
लिटलको जितमा सचिनको उत्कृष्ट प्रदर्शन रह्यो । ३ ओभर बलिङ गरेका उनले २० रन दिएर ४ महत्वपूर्ण विकेट लिएपछि लिटल फ्लावरले सहज जित निकालेको हो । त्यस्तै लिटलका नरेन भट्टले ३० रन जोड्दा मनोज चनाराले १६ रन बनाए । निरज चन्द १३ रनमा अविजित रहे । त्रिनगरका बसन्त थापा मगरले २ तथा शिशिर थापा मगरले १ विकेट लिए । 
यस अघि पहिले ब्याटिङ गरेको त्रिनगरले १२ ओभर ५ बलमा अलआउट हुँदै ६५ रन बनाएको थियो । उसका रमेश विष्टले सर्वाधिक १३ रन बनाए ।
लिटलका सचिनको ४ सँगै मनोज चुनारा र नरेन भट्टको नाममा ३/३ विकेट रह्यो ।  
यो जितसँगै लिटल फ्लावर सेमिफाइनलमा प्रवेश गरेको छ । अब लिटल फ्लावरले फाइनल प्रवेशका लागि फागुन २६ गते समूह डी को विजेतासँग खेल्ने छ । 
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् । यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा