गजेन्द्र बोहराको उत्कृष्ट बलिङमा ह्वाइट हाउस विजयी 

Gajendra Bohara
Gajendra Bohara
March 09, 6:04

कैलाली  - कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग एलपीएल मा काठमाडौँको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो खेलमा काठमाडौँकै नेक्सस स्कुललाई ४ विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९  दशमलव ५ ओभर सबै विकेट गुमाउँदै १ सय ४ रन बनायो । उसका लागि उत्तम थापाले ३२ रन बनाए । बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले ५ विकेट लिए । 
१ सय ५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ह्वाइट हाउसको जितमा दीपक बोहराले अविजित रहदै ४३ रन बनाए । नेक्ससका पप्पु रायले ३ विकेट लिए । खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । योसंगै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने तीन टीमको टुङगो लागेको छ । यसअघि बाल बाटिका र लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरिसकेका छन् । 
 
यस अघि मंगलबार भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वतीले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले पराजित गर्दै प्रतियोगितामा दोश्रो जित निकालेको छ । शारदाले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो । स्टेपिङका लागि विशाल बिष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । स्टेपिङलाई सस्तैमा समेट्न शारदाका लागि विकास सुनार र गणेश बहादुरले समान ४–४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो । शारदाका लागि सुदिप रोकायाले ३४ रन जोडे । उनले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिएका थिए । त्यस्तै सागर चन्दले २६ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ स्टेपिङका लागि अभिषेक कुँवर, रोमन बिष्ट र प्रवेश साउँदले समान २÷२ विकेट लिए । अब शारदा सरस्वतीले आफ्नो तेश्रो खेल भोली अत्तरीयाको होलिल्याण्डसँग खेल्ने छ । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा