Dhangadhi Corona
ad

एलपीएलको सेमिफाइनल समीकरण पूरा : शारदा सरस्ती पनि अन्तिम चारमा

LPL 5
March 10, 6:57

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा सेमिफाइनल समिकरण पूरा भएको छ । आज भएको सेखलपमा होलिल्याण्ड स्कुललाई पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वतीले अन्तिम चारमा स्थान पक्का बनाएपछि सेमिफाइनल समिकरण पूरा भएको हो । 

आज भएको लिग चरणको अन्तिम खेलमा शारदा सरस्वतीले होलिल्याण्ड स्कुललाई २२ रनले पराजित ग¥यो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदा सरस्वतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । उसका लागि गणेश बहादुर बिटालुले अविजित रहदै ५८ रन बनाए । होलिल्याण्डका राहुल भण्डारीले ३ विकेट लिए । 

१ सय ४९ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको होलिल्याण्डले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २६ रन मात्रै बनाउन सक्यो । उसका लागि मनोज ओझाले ४५ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । शारदा सरस्वतीको जितमा निरज चन्दले ३ र विकास सुनारले २ विकेट लिए । खेलका म्यान अफ द म्याच शारदाका गणेश बहादुर बिटालु भए । 

यसअघि नै धनगढीको लिटल फ्लावर, बौनियाको बाल बाटिका र काठमाडौँको हिमालयन ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । २८ गते हुने पहिलो सेमिफाइनलमा शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस भिड्नेछन् भने दोस्रो सेमिफाइनलको खेल लिटल फ्लावर र बाल बाटिकाबीच हुनेछ । 

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताको फाइनल २९ गते हुनेछ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।
 

Alternative text

सम्बन्धित वर्गका समाचारहरू

८ क्रिकेट रंगशालाका लागि ५ करोड, महेन्द्रनगरलाई ७५ लाख
काठमाण्डौं,असार ५  सरकारले खेलकुदका लागि छुट्याएको १ अर्ब ७९ करोड बजेटमध्ये युवा तथा खेलकुद… विस्तृतमा
भाषणमै सीमित फाप्ला क्रिकेट मैदान, तीन वर्षमा सवा सात करोड बजेट…
                                                              गौरवको आयोजना नै भुल्यो सुदूरपश्चिम… विस्तृतमा
चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगः भोलि सेमिफाइनलका खेल 
धनगढी - धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर… विस्तृतमा
गजेन्द्र बोहराको उत्कृष्ट बलिङमा ह्वाइट हाउस विजयी 
कैलाली  - कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग एलपीएल मा काठमाडौँको हिमालय ह्वाइट हाउस… विस्तृतमा