सुदुर पश्चिमको लोक साहित्य पाठ्यक्रम राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

sfdsf
sfdsf
March 15, 2:19

नेपाली लेखक संघ डोटीका अध्यक्ष फणीन्द्र साउदको नेतृत्वमा पश्चिम नेपालको लोक तथा डेउडा साहित्यलाई पाठ्यक्रममा समावेश गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

नेपाली लेखक संघ डोटीले डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै पश्चिम नेपालको लोक साहित्य (डेउडा, फाग, धमारी,चैत लगायत)लाई पाठ्यक्रममा समावेश गर्न माग गरेको हो।

पश्चिम नेपालको पहिचानको रुपमा रहेको लोक तथा डेउडा साहित्यलाई नयाँ पुस्तामा हस्तान्तरण र राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चिनाउनका लागि यस क्षेत्रको लोक साहित्य विद्यालय र उच्च शिक्षाको पाठ्यक्रममा समाबेश गर्नुपर्ने माग लेखक संघ डोटीको छ।

पाठ्यक्रममा समावेश गरी पश्चिम नेपाल क्षेत्रको लोक साहित्यलाई जिवन्त राख्न सकिने विश्वास नेपाली लेखक संघ डोटीको रहेको छ ।

ज्ञापनपत्र मार्फ़त पश्चिम नेपालबाट नेपाली साहित्यमा योगदान पुगाउने श्रष्टाहरुका श्रृजना र जिवनीलाई पनि पाठ्यक्रममा समावेश गरी यस क्षेत्रको साहित्यलाई सम्मान गर्नुपर्ने माग नेपाली लेखक संघ डोटीले गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा