८ क्रिकेट रंगशालाका लागि ५ करोड, महेन्द्रनगरलाई ७५ लाख

news
news
June 19, 7:59

काठमाण्डौं,असार ५ 
सरकारले खेलकुदका लागि छुट्याएको १ अर्ब ७९ करोड बजेटमध्ये युवा तथा खेलकुद मन्त्रालयले देशभरका आठवटा निर्माणाधीन क्रिकेट रंगशालाका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्दा त्रिवि मैदान कीर्तिपुरदेखि महेन्द्रनगर क्रिकेट मैदानाको निर्माणका लागि बजेट विनियोजन गरेको छ । 
त्रिवि क्रिकेट मैदानका लागि ४० लाख रुपैयाँ विनियोजन भएको छ । त्यो रकम कीर्तिपुर, भीआईपी प्यारापिटको स्तरोन्नत्ति, इण्डोर कार्पेट, फिटनेस सामाग्री खरिद लगायतमा खर्च गरिनेछ । देशको एकमात्र अन्तर्राष्टिय मान्यताप्राप्त यो रंगशालालाई अधिक आधुनिक बनाउन क्यानले पनि प्रयास गरिरहेको छ । पहिलो त्रैमासिकमा १० लाख, दोस्रोमा २० लाख र तेस्रो त्रैमासिकमा १० लाख रुपैयाँ उपलब्ध गराइनेछ । 
क्रिकेट मैदान स्तरोन्नतिमा पदाधिकारी विश्वस्त, उपलब्धि भने शून्य
झण्डै दुई दशकअघि निर्माण सुरु भएको मूलपानी रंगशाला निर्माण यही आर्थिक वर्ष सम्पन्न गराउने लक्ष्य सरकारले लिएको छ । नेपाली क्रिकेटको बहुप्रतीक्षित यो पूर्वाधारका लागि सरकारबाट बजेट विनियोजन हुन थालेको नै १ दशक हुन लागेको छ । समर्थकको पनि उच्च चासोमा रहेको यो रंगशालामा मुआब्जा विवाद सकिएको छ भने अब पीच, मैदान र प्यारापिट फिनिसि गर्न बाँकी छ । त्यसका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । पहिलो त्रैमासिकमा २ करोड रुपैयाँ र दोस्रो त्रैमासिकमा १ करोड रुपैयाँ उपलब्ध गराइनेछ । 
महेन्द्रनगरस्थित क्रिकेट रंगशालाको मैदान, पीच, चेन्जिङ रुम निर्माणका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । पहिलो त्रैमासिकमा ३५ लाख र दोस्रो त्रैमासिकमा ४० लाख रुपैयाँ निकासा हुनेछ । 
कोहलपुर क्रिकेट मैदानको निर्माणका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । बाँकेको कोहलपुरस्थित पूर्वपश्चिम राजमार्गको छेवैमा रहेको यो रंगशालाको तारबारबाहेक अन्य काम भएको छैन । यो रकम मैदान निर्माण र स्तरोन्नत्तिमा खर्च गरिनेछ । पहिलो त्रैमासिकमा ३० लाख, दोस्रो र तेस्रो त्रैमासिकमा २०–२० लाख रुपैयाँ उपलब्ध गराइने मन्त्रालयले जानकारी गराएको छ । 
मोरङको वैजनाथपुर क्रिकेट रंगशाला निर्माणको सुरुआत भएको लामो समय भइसक्यो । २०७३ सालमा सातौं राष्ट्रिय क्रिकेटका क्रममा धूले मैदानमा म्याट ओछ्याएर खेल सन्चालन गरिएको थियो । त्यसका लागि आगामी वर्षको बजेटका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । सो रकम दोस्रो र तेस्रो त्रैमासिकमा आधा–आधा रकम विनियोजन गरिएको छ । 
रुपन्देहेशीको सैनामैनास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । यो रकम मैदान निर्माणमा प्रयोग गरिनेछ ।  
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा