अस्मिता धामीको न्यायको माग गर्दै पीडित पक्षले बुझाए नगरपालिकालाई ज्ञापन पत्र

अस्मिता धामीको न्यायको माग गर्दै पीडित पक्षले बुझाए नगरपालिकालाई ज्ञापन पत्र
अस्मिता धामीको न्यायको माग गर्दै पीडित पक्षले बुझाए नगरपालिकालाई ज्ञापन पत्र
June 21, 1:55

 डडेल्धुरा, असार ७ 
डडेल्धुरामा अस्मिता धामीको न्यायको माग्दै पीडित पक्षले नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन्। सोमबार मृतक धामीका आफन्तले नगरप्रमुख भीमबहादुर साउँदलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको हो।
शनिबार मृत फेला परेकि डडेल्धुराको परशुराम नगरपालिकाका–८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया धामीको न्याय माग्दै पीडित पक्षले नगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन्।
हत्याराको सत्य तथ्य र निश्पक्ष छानबिन गर्न तथा हदै सम्मको कार्वाहीका लागिसम्बद्ध पक्ष समक्ष पहल कदमी गर्नु पर्ने, पीडित परिवारलाई उचित राहातको व्यवस्था गरिनु पर्ने, पीडित परिवारको एक जना व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गरिनु पर्ने माग आफन्तले राखेका छन्।
यस्तै जमरानी आधारभुत स्वास्थ्य केन्द्रको नाम परिवर्तन गरि अस्मिता स्मृति आधारभुत स्वास्थ्य केन्द्र नामाकरण गरिनु पर्ने, पीडितको बालबालिकाहरूलाई मावि तहसम्म प्रती बालबालिका मासिक एक हजारका दरले छात्रवृत्तिको ग्यारेन्टी गरिनुका साथै उच्च शिक्षा निःशुल्क अध्ययनको ग्यारेन्टी गरिनु पर्ने, कोभिड सम्बन्धी स्वास्थ्य बिमा उपलब्ध गराउन नगरपालिकाले पहल गर्नु पर्ने माग पनि आफन्तले राखेको नगरप्रमुख भीमबहादुर साउँदले बताएका छन्।
हिजो मात्रै धामीको घटना अनुसन्धान गर्न सुदुरपच्मि प्रदेश प्रहरी कार्यालयले धनगढीबाट दुई टोली गठनगरी परिचालन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । जति सक्यो चाडै सत्यतत्थ अनुसन्धान गरेर घटना सार्वजनिक गर्ने उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा