बुवाको दाहसंस्कार गरेर फर्किँदा छोराको पनि मृत्यु

बुवाको दाहसंस्कार गरेर फर्किँदा छोराको पनि मृत्यु
बुवाको दाहसंस्कार गरेर फर्किँदा छोराको पनि मृत्यु
June 24, 12:22

डडेल्धुरा, असार १० 
डडेल्धुराको आलिताल–५ भावरमा बस्दै आएका ७५ वर्षीय भक्तबहादुर रोकाको असार ८ गते निधन भयो। मृत्यु पश्चात उनको काजक्रिया गर्न भारत बस्दै आएका उनका छोराहरूलाई खबर भयो । 
मृतकका दुई छोरामध्ये कान्छो छोरा आउन नसक्ने भएपछि भारतको पिथौडागढमा परिवारसहित बस्दै आएका उनको जेठा छोरा शेरबहादुर सपरिवार बुवाको काजक्रिया गर्न गाउँ आए। 
बुवाको निधनको खबर सुनेको भोलि पल्ट नै नेपाल आइपुगेका शेरबहादुर गाउँमा आइपुग्दा बुवाको चितामा आगो लागि सकेको थियो। उनी आइपुगेपछि बुवाको चितामा आगो बलिरहेको देखेर उनी केहिबेरसम्म टोलाइरहे। शोकमा डुबेका उनी केहि बेर कसैसँग बोलेका थिएनन्। 
भारतबाट आएका भएकाले उनीसँग सबै अलग्गै बस्ने कोसिस गरिरहेका थिए। केही बेरमा उनको बुवाको चिताको आगो सकियो। सामाजिक परम्पराअनुसार उनले आफ्नो बुबाको अन्तिम संस्कार गरे। केही बेरमा बुवाको काजक्रियाको लागि उनले परम्पराअनुसार क्रिया बस्दा गर्नुपर्ने सबै काम सके। अब उनको शरिरमा सामान्य सेतो कपडा मात्र रह्यो।
बुधबार बुवाको अन्तिम दाहसंस्कारमा गरिने कार्य गरिसकेपछि अब घर फर्किने निधो गरे। केही मलामी गएका आफन्तहरू बाटो लागि सकेका थिए भने केही आफन्त आउँदै थिए। काजक्रियामा तयार भएका शेरबहादुर केही आफन्तसँग बाटो लागे।
शेरबहादुरलाई आफन्तले क्रिया कति दिनको राख्ने भनेर सोध्दा उनले ११ दिनको राख्ने म कमजोर छु धेरै दिन बस्न सक्दिनँ भनेको उनका आफन्त बताउँछन्। नभन्दै हेर्दा रोगी र कमजोर देखिने शेरबहादुर करिब ५० मिटर यता आउँदा अकस्मात आफैं ढले। 
आफन्तले के भयो? भनेर समात्न जाँदा शेरबहादुरले आफन्तकै अँगालोमा प्राण छोडे। यस्तो घटना देखेपछि आफन्त अचम्ममा परे अलमलमा परे। काजक्रिया गर्न तयार भएका छोराकै मृत्यु भएपछि मलामी गएका आफन्त समस्यामा परेका हुन्। 
रोका परिवारमा काजक्रिया गर्न आएका छोराको नै मृत्यु भएपछि अब कसरी परम्परा अनुसार काजक्रिया गर्ने भन्ने अन्योल परेको छ। भारतको पिथौडागढमा मजदुरी काम गरेर दुई छोरा पढाइरहेका उनी पहिले देखिनै प्रेसर र जन्डिसका बिरामी रहेको परिवार स्रोत बताउँछ।
आर्थिक अवस्था कमजोर भएका उनले उपचार गर्न नपाएको परिवारले बताए। भारतको पिथौडागढमा कक्षा १० मा पढ्दै आएका दुईवटै छोराको अब कसले पढाइ दिने भन्दै परिवार चिन्तामा रहेको छ।
‘बुवाले मजदुरी गरेर कमाएको पैसाले हामी दुबै भाई स्कुल पढ्दै थियौं। अब हामीले कसरी पढ्ने? मृतक शेरबहादुरका कान्छा छोरा आशिषले आँखाबाट आँसु झार्दै दुखेसो सुनाए।  ७५ वर्षीय बुवा र ४५ वर्षीय छोरा दुवैको एकैदिन अन्तिम संस्कार भयो। 
घटना सुनेपछि घट्ना स्थल पुगेका आलिताल गापा– ५ का वडाध्यक्ष प्रकाशसिंह बोहराले आर्थिक सहयोगको लागि आफूले सक्दो पहल गर्ने बताए।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा