युरोकप २०२१ : डेनमार्क र इटाली क्वाटरफाइनलमा

fdsd
fdsd
June 27, 10:27

युरोकप फुटबलको गएराती सम्पन्न खेलमा इटालीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

इङ्ग्ल्यान्डको वेम्ले स्टेडियममा भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै इटली अन्तिम आठमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक-एक गोल गरे ।

अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

यसैगरी नकआउट चरणको गएराती भएको खेलमा वेल्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै डेनमार्क युरो २०२१ को क्वार्टरफाइनलमा पुगेको छ ।

नेदरल्यान्ड्सको आम्सटरम्याममा भएको खेलमा डेनमार्कका लागि कास्पर डोलबर्गले दुई तथा जोकिम मेहेले र मार्टिन ब्रेथवेटले एक-एक गोल गरेका थिए । यो जितसँगै डेनमार्क २००४ युरोपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । पोर्चुगलमा भएको युरो २००४ पछि २००८ मा छनोट हुन नसकेको डेनमार्क २०१२ को समूह चरणबाटै बाहिरिएको थियो ।

क्वाटरफाइलन प्रवेशका लागि आज दुईवटा खेलहरु हुँदैछन् ।

आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने छन् । हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे सुरु हुनेछ ।

यस्तै स्पेनको सेभियामा राती १२:४५ बजे हुने खेलमा बेल्जियम र पोर्चुगलबीच भिड्दैछन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा