कुखुराको भालेले मालिकको हत्या गरेपछि कुखुरा विरुद्ध मुद्दा दायर हुँदै

fdfdg
fdfdg
July 05, 3:30

एजेन्सी । आज सम्म मानिससँग जोडीएका अपराध, प्रहरी तथा अदालतको बारेमा सुनेकै छौ । तर, एउटा कुखुराको भालेलाई आफ्नो मालिकको ज्यान लिएको अभियोगमा पक्राउ गर्ने भएको छ । वास्तवमा कुखुराले अन्जानमा गरेको गल्तीले मालिकको ज्यान गएको हो । कुखुरा नै मालिकको हत्यारा भएको प्रहरीको आरोप छ ।

घटना भारतको तेलगंगाको हो । लथुनर गाउँमा भएको घटना पछि कुखुरालाई प्रहरीले अदालतमा पेश गर्ने जनाइएको छ । तर प्रहरीले भने भाले अपराधि भएपनि पक्राउ गर्ने बारेमा नसोचेको बताइरहेको छ । २२ फरबरीमा दुईटा भाले जुधिरहेका थिए । सोही क्रममा एउटा आफ्नै भालेको खुट्टटामा बाधिएको चक्कुले मालिकको कम्मरको तल्लो भागमा चोट लागेको थियो । चक्कुको प्रहारबाट घाइते भएका मालिकको उपचारको क्रममा निधन भएको हो ।

एक रिपोर्टको अनुसार ४५ वर्षीय थानुगुल्ला सतीशले प्राय भालेको खुट्टामा एक विशेष प्रकारको चक्कु बाधिदिएका हुन्थे । त्यसैक्रममा गल्तीले कुखुराको भालेको चक्कु सतिश तिरै तेर्सिएको थियो । चक्कुले काटेपछि उनको शरीरबाट धेरै रगत बगेको थियो । उनलाई अस्पताल लगिएपनि बाचेनन् ।

तेलगंगामा कुखुराको लडाई गर्न प्रतिवन्ध गरिएको छ । निषेध हुदाँहुँदै पनि केही मानिसहरु लुकेर भाले जुधाई गर्दै आएका थिए । अब भालेलाई अदालतमा पेश गर्ने भनिएको छ ।

रिपोर्टस नेपाल अनलाइन द्वारा साभार

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा