ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन

sasas
sasas
July 11, 8:54

काठमाडौँ - कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनल खेलमा ब्राजिललाई १-०ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । 

अर्जेन्टिनाको जितमा विंगर एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्यो । खेलको २२औँ मिनेटमा रोड्रीगो डे पलले दिएको लामो पासलाई नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै डी मारियाले गोल गरेका थिए ।

योसँगै अर्जेन्टिना कोपामा १५ पटकको च्याम्पियन बनेको छ । जारी प्रतियोगिता एवं अन्तर्राष्ट्रिय फुटबलमा सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा यो पहिलो देशका लागि अन्तर्राष्ट्रिय उपाधि हो । मेस्सीको फुटबल करियरमा देशका लागि यो पहिलो ठुलो उपाधि पनि हो । अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लोपटक कोपा जितेको थियो । अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो । 

 निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समय देखि नै ब्राजिलले  बल पोसेसनमा पकड जमाएर केहि आक्रमण बुनेपनि गोल गर्न सकेन । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा