डडेल्धुरामा बस दुर्घटना

news
news
July 12, 3:38

धनगढी: भीमदत्त राजमार्गमा बस दुर्घटना भएको छ। डोटीबाट कैलालीको अत्तरियातर्फ आइरहेको बस डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडामा दुर्घटनामा परेको हो। शैलेश्वरी यातायातको ना५ख २५९१ नम्बर बस नालीमा पसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

उक्त दुर्घटनामा परी एक जना घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। दुर्घटनापछि नेपाली सेना तथा प्रहरीको टोलीले बस नालीबाट निकालेर गन्तव्यर्फ पठाएको प्रहरीले जनाएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा