इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

news dhn
news dhn
July 13, 1:17

काठमाण्डौ- इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी भएको हो । आगो लाग्नुको कारण खुलेको छैन । तर अक्सिजनको प्लान्ट विस्फोट भएर आगो लागेको हुन सक्ने अनुमान छ ।

तीन महिनाअघि मात्रै बनाइएको अस्पतालमा आगलागी भएको हो । आगलागीबाट ७० वटा शय्या जलेका बीबीसीले जनाएको छ । आगलागी पछि अस्पतालबाहिर बिरामीका परिवार तथा आफन्तले प्रदर्शन गरेका छन् । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा