भावना घिमिरेले छोडिन आईसीसीको जिम्मेवारी

March 19, 7:34

नेपाल क्रिकेट संघ क्यानकी पुर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नेपाल प्रतिनिधिको जिम्मेवारी छाडेकी छिन् । क्यान निलम्बित भएपछि आईसीसीको नेपाल प्रतिनिधिको रुपमा काम गर्दै आएकी घिमिरे आईसीसीको जिम्मेवारी छाडेकी हुन् । ‘निश्चित समयको लागि सोचेको थिए, तर समय लम्बियो । टिमलाई अघि बढाउन छाटो समय हेरेर पुग्दैन ।’ उनले भनिन्, ‘यसरी घरेलु क्रिकेटको काम गर्न सम्भव छैन । अब जवाफदेही तरिकाले काम गर्ने पुर्णकालिन ब्यक्ति आवश्यक छ । मैले नभ्याउने भएर छाडेका हुँ ।’ नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि आईसीसीले भावना घिमिरेलाई नेपाल प्रतिनिधि भुमिका दिएको थियो । उनले नेपाली क्रिकेट टिमले खेल्ने अन्तराष्ट्रिय प्रतियोगिताको समन्वय गर्दै आएकी थिईन् । ‘एक दिवसीय मान्यता पाएपछि नेपाली टिमको व्यस्तता बढेको छ । विभिन्न उमेर समुहका प्रतियोगिता समेत हेर्नुपर्ने हुन्छ । सोही कारण अब पुर्णकालिन रुपमा काम गर्ने व्यक्तिको आवश्यकता छ ।’ उनले थपिन् । गत महिना नेपालको महिला क्रिकेट टिमले थाईल्याण्डमा खेलेको विश्वकप छनोटनै भावनाले हेरेको अन्तिम प्रतियोगिता हो । आईसीसी छाडेपनि घिमिरेले एसीसीको उमेर समुहका अरु प्रतियोगिता हेर्ने बताईन् । ‘तत्काल एसीसीको भ्रमणहरु हेर्छु । एसीसीको अन्डर १६ र अन्डर १९ को भ्रमण हेर्दैछु ।’ उनले भनिन्, ‘क्रिकेटको अरु बिषयमा मेरो सहयोग रहन्छ । तर आईसीसीको अपरेसनको काममा म हुने छैन ।’ खेलपाटी बाट

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा