फरार अभियुक्त सात महिनापछि पक्राउ

sasas
sasas
July 17, 11:12

महेन्द्रनगर, २ साउन: कञ्चनपुर प्रहरीले जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई सात महिनापछि शुक्रबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले गत मङ्सिरमा जिल्ला अदालत कञ्चनपुरबाट एक वर्ष कैद र रु एक लाख जरिवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका–९ का विष्णु रानालाई पक्राउ गरिएको जानकारी दिए । उनले अपराधपछि फरार रहेका रानालाई घर वरपर लुकीछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी जिल्ला अदालत पेश गरिएको बताए । “अदालतबाट पनि निजलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ”, उनले भने, “प्रहरीले फरार अभियुक्त पक्राउ गर्न जिल्ला भर सक्रियता बढाएको छ ।”

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा