देउवालाई विश्वासको मत दिन खनालको अपिल, संसद्लाई पूर्णकाल जोगाउन मत दिन्छौँ- नेपाल समूह

news
news
July 18, 1:38

काठमाडौँ,साउन ३ 

एमाले नेपाल समूहका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका हुन् ।

नेपाल समूहका सांसदहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताएका हुन ।

माधव नेपाल समूहका सांसद विरोध खतिवडाले भने, ‘हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै आएका हौ र त्यसका लागि प्रयास गर्दै पनि आएका हौ’, ‘यसमा निर्णय गरिरहनुपर्ने आवश्यकता छैन ।’ यदि देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुनेछ ।

अर्का सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए । ‘हामी विश्वासको मत दिन्छौ, यसमा कुनै भ्रम छैन’, चौधरीले भने, ‘संसद् पुरा अवधि कायम रहनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

एमाले नेतृ रामकुमारी झाँक्रीले अदालतको परमादेशपछि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी छन् । नेतृ झाँक्रीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफूहरूले संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवालाई १४९ जना सांसदले समर्थन गरेको भन्दै त्यसमध्ये १४६ जनाले सर्वोच्चको ढोका नै ढक्ढक्याएकाले देउवालाई मत दिनुपर्ने बताएकी छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । एक वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् ।

sasasasa

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा